रुकुम पश्चिमका एक गाउका युवाहरूले श्रमदान गरि स्थानीय बाटो निर्माण गरेका छ्न ।
लकडाउनमा त्यतिकै घरमा बसेर समय खेर फाल्नुभन्दा लकडाउनकाे सदुपयोग गर्दै रुकुम पश्चिम आठबिसकोट १४ का युवाहरूले स्थानीय बाटो निर्माण गरेका हुन । युवाहरूले जनबिकास माबि ज्यामिरकोट टाकुरा जाने बाटो निर्माण गरेका हुन ।
दुईदिन लगायर करिब १५ जना युवाहरूले ५० हजार बराबरको काम स्थानीय बाटो निर्माण गरिदिएका हुन । साथै युवाहरुले बिद्यालयको सरस्वती मन्दिर र कृयाप्रुती बस्ने घर पनि बनाउने एक युवा बालकृष्ण मल्लले बताउनुभयो । अब गाउको बिकास गर्न आमाबुबाको मात्र युवाहरू भर पर्न नहुने अर्का युवा आदर्श मल्लले बताउनुभयो ।
दुईमहिनादेखी गाउमा कुनै नया मान्छेको आगमन नभएको र कोहि पनि बिरामी नपरेकोले सामान्य कामकाजमा युवाहरु फर्कीएका हुन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।