• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पाँचमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै, दैनिक एक हजारको पिसिआर परीक्षण




प्रदेश ५ मा क्वारेन्टाइनमा बस्नेको संख्या घट्न थालेको छ । पहिले आएको विदाइ र भारतबाट आउनेको संख्यामा केही कमी आएपछि क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आउन थालेको हो ।

भारतमा आउने दोस्रो लट सकिएको र भारतमै पनि लकडाउन खुकुलो हुन थालेपछि नेपाल फर्कनेको संख्यामा कमी आउन थालेको हो ।


बुधवार साँझसम्म ४० हजार एक सय ९२ जना क्वारेन्टाइनमा बसेकोमा बिहीवार साँझ यो संख्या ३९ हजार ६ सय ८५ मा झरेको छ । मंगलवार साँझ ४१ हजार रहेकोमा बुधवार झण्डै एक हजार घटेका थिए भने बिहीवार झण्डै पाँच सय घटेका छन् ।

स्थानीय तहहरुले प्रदेशभरि कूल एक हजार ६ सय ४२ वटा क्वारेन्टाइन बनाएका छन्, जसमा ५७ हजार छ सय २९ बेड रहेका छन् । प्रदेशभरि १५ हजार दुइ सय ९३ जनाको बिहीवार साँझसम्म परीक्षण गरिएको थियो ।

जसमा नौ सय १५ जना संक्रमित भेटिएका छन् भने १४ हजार तीन सय ७८ जनाको नतिजा नेगेटिभ आएको छ । बुधवार साँझसम्म १४ हजार दुइ सय ६६ जनाको पिसिआर परीक्षण गरिएकोमा ८०७ जना संक्रमित देखिएका थिए भने १३ हजार चार सय ५६ जनाको नतिजा नेगेटिभ आएको थियो ।


यसरी हेर्दा प्रदेशभरि दैनिकएक हजार जनाको पिसिआर परीक्षण गर्ने गरेको पाइएको छ । भैरहवा, दाङ र नेपालगञ्ज तीन ठाउँमा रहेका प्रयोगशालामा परीक्षण भइरहे पनि दैनिक पिसिआर परीक्षणको संख्या खासै बढ्न सकेको छैन । एक दिनमा झण्डै एक हजारको परीक्षण गर्दा एक सय बढीमा संक्रमण देखिएको छ ।


आरडिटी परीक्षण भने ३२ हजार एक सय ९३ जनाको गरिएकोमा जसमा दुइ हजार दुइ सय २२ जनाको नतिजा पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


देशका विभिन्न आइसोलेशन अस्पतालमा ८३९ जनाको उपचार भइरहेको छ भने ७७ जना निको भएर घर फर्किकेका छन् । बाँके, अर्घाखाँची र गुल्मीमा गरी तीन जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

संक्रमितको जिल्लागत विवरणः
कपिलबस्तु जिल्लामा ४३१
बाँके जिल्लामा २५५
रुपन्देही जिल्लामा १०७
दाङ जिल्लामा ७३
बर्दिया जिल्लामा १३
नवलपरासी जिल्लामा १७
गुल्मी जिल्लामा ५
पाल्पा जिल्लामा ८
अर्घाखाँची जिल्लामा ४
रुकुमपूर्वमा ३ जना
प्युठानमा ३ जना

Facebook Comments