प्रदेश ५ का १२ जिल्लामा अहिले ४० जना व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुमध्ये अधिकांश भारतबाट आएका रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बुधवार साँझसम्म ४० हजार एक सय ९२ जना क्वारेन्टाइनमा बसेका छन् । एक दिन ४१ हजार रहेकोमा बुधवार झण्डै एक हजार घटेका छन् । यसबाट भारतबाट आउने नेपालीहरुको चाप कम हुन थालेको देखिएको छ ।
स्थानीय तहहरुले प्रदेशभरि कूल एक हजार पाँच सय ७९ वटा क्वारेन्टाइन बनाएका छन्, जसमा ५५ हजार नौ सय २९ बेड रहेका छन् । प्रदेशभरि १४ हजार दुइ सय ६६ जनाको पिसिआर परीक्षण गरिएकोमा ८०७ जना संक्रमित देखिएका छन् भने १३ हजार चार सय ५६ जनाको नतिजा नेगेटिभ आएको छ ।
यो तथ्यांकअनुसार प्रदेश ५ मा कोरोना परीक्षण गरिएकामध्ये ५ प्रतिशत संक्रमित देखिएका छन् । १८ हजार तीन सय ६३ जनाको स्वाव संकलन गरिएकोमा चार हजार एक सयका नतिजा आउन बाँकी छ ।
आरडिटी परीक्षण भने २९ हजार दुइ सय ९६ जनाको गरिएकोमा जसमा दुइ हजार ४० जनाको नतिजा पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी एवं तथ्यांक अधिकृत मनबहादुर ओलीले सिस्ने अनलाइनलाई जानकारी दिनुभयो ।
प्रदेशका विभिन्न आइसोलेशन अस्पतालमा ७३१ जनाको उपचार भइरहेको छ भने ७७ जना निको भएर घर फर्किकेका छन् । बाँके, अर्घाखाँची र गुल्मीमा गरी तीन जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
संक्रमितको जिल्लागत विवरणः
कपिलबस्तु जिल्लामा ४०२
बाँके जिल्लामा २१३
रुपन्देही जिल्लामा ८९
दाङ जिल्लामा ५८ (प्युठानका दुइ समेत)
बर्दिया जिल्लामा १३
नवलपरासी जिल्लामा १५
गुल्मी जिल्लामा ५
पाल्पा जिल्लामा ७
अर्घाखाँची जिल्लामा ३
रुकुमपूर्वमा ३ जना
प्युठानमा १ जना
नोटः प्रदेशको सूचिमा प्युठानमा संक्रमित ३ भनिए पनि प्युठान माण्डवीका दुइ संक्रमितको संख्या दाङमा पनि जोडिएकाले यो समाचारमा सो संख्या राखिएको छैन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।