• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रहरी पोष्टमा तोडफोड गर्ने वडाध्यक्षसहित तीन पक्राउ




अस्थायी प्रहरी पोष्टमा तोडफोड गर्ने रुकुम पश्चिमका एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका वडा नं. १४ को छिवाङज्युलामा रहेको प्रहरी पोष्टमा तोडफोड गर्ने मुसीकोट १३ का वडाध्यक्ष दीपक केसी पक्राउ पर्नुभएको हो ।

वडाध्यक्ष केसी सहित थप २ युवा समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खीलराज गिरी रहेको प्रहरीले जनाएको छ । गयराति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षेति पुर्याएको थियो । त्यसपछि वडाध्यक्ष केसी सहितका व्यक्तिहरु फरार भएका थिए ।

तर वडाध्यक्ष केसी आज आफै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । प्रहरीले भने फरार रहेका वडाध्यक्ष र दुई युवालाई मुसीकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार सम्बन्धीको मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठकवहादुर केसीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा १० दिनको मुद्दा थप गरिएको डिएसपि केसीको भनाई छ । घटनामा संलग्न अन्यको पनि खोजि भैरहेको उहाँले बताउनुभयो ।

सवारी चेकजाँचका लागि सडकमा राखिएको डाढ खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसंग झगडा सुरु गरेको र त्यसपछि स्थानीय २०÷२५ जनाको समुहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनवहादुर साउदले बताउनुभयो ।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी पोष्टमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी चेकजाँचका लागि राखिएका सम्पूर्ण समाग्रि, प्रहरी पोष्ट अगाडि लगाईएको काठको बार र कुर्सी लगातका सामग्रिमा क्षेति पुर्याएको इन्चार्ज साउदले बताउनुभयो ।

यस घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफुहरुले असुरक्षित महशुस गरिरहेको उहाँको भनाई छ ।

Facebook Comments