• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीमा बढ्दै संक्रमित, संक्रमित सबै भारतबाट आएका




सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेतमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण भेटिएको हो।

सल्यानमा कोरोना संक्रमण पुष्टि भएकाहरु बन्गाड कुपिन्डे नगरपालिकाका हुन्।

नगरपालिकाको वडा नं. १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ वर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८ वर्षीय पुरुष, वडा नं. ४ मा १८,३३ र ४४ वर्षीय पुरुष र वडा नं. ६ का ११,१६,१८,१९,२०,२१,२१,२१२५,२८,३० र ३६ वर्षीय र वडा नं. ७ मा ३८ वर्षीय १ पुरुषमा संक्रमण फेला परेको हो।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सुर्खेतका थप ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा थप ३७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।

संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८, दैलेखका १८ र बाजुराका १ जना रहेका छन्। कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ।

सल्यान, कालिकोट र बाजुरामा पहिलो पटक संक्रमण भेटिएको छ।

क्वारेन्टाइनबाट भागेर आत्महत्या

गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

Facebook Comments