• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी युटुबमा रिलिज (हेर्नुहोस् चलचित्र)




विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी युटुवमा रिलिज भएको छ । संचारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो ।


२०७५ सालमा निर्माण भएको चलचित्र लावाजुनीले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ । चलचत्रिमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

संतोष श्रेष्ठको संगीत रहेको यस चलचित्रमा कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ ।


पहल निर्माणको ब्यानरमा निर्माण भएको लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन भने चलचित्रमा श्रीधर कुमार लम्साल, रिना बस्नेत, संझना जिएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ । लडकाउनका कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युटुबमा रिलिज गरिएको निर्देशक पीडितले बताए ।

हेर्नुहोस् चलचित्र

Facebook Comments