• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौरजहारी घटनापछि नेकपा रुकुमको बैठकः उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने निर्णय




रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको बारेमा पार्टीको एकीकृत धारणा तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमको बैठक सम्पन्न भएको छ । बैठकले उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने र पीडितलाई न्यायका लागि सम्पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकपछि जिल्ला अध्यक्ष गोपाल शर्माले जारी गरेका प्रेस विज्ञप्तिको पूर्ण पाठः


यही जेठ १० गते चौरजहारी नगरपालिका वडा नं.–८, सोतीमा भएको घटनाका सन्दर्भमा जेठ ११ गते प्रेस विज्ञप्ति जारी गरी पार्टीको प्रारम्भिकधारणा सार्वजनिक भैसकेको छ । सो घटनाका सम्वन्धमा उठेका कतिपय प्रश्नका सन्दर्भमा पार्टीको धारणा थप स्पष्टगर्न बिहीवार हाम्रो पार्टीका केन्द्रीय सदस्य एवं रुकुम(पश्चिम)काईन्चार्ज क.राजकुमार शर्मा (आर्ट)को अध्यक्षतामा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको बैठक सदरमुकाम मुसिकोटमा बसी लिईएका निर्णय आम जनसमुदायको जानकारीका लागि हार्दिक अनुरोध छ ।

–चौरजहारी नगरपालिका वडा नं.–८, सोतीमा जेठ १० गते भएको घटना अत्यन्तदुखद र निन्दनीय छ । यस घटनाको घोर भ्रत्र्सना एवं घटनामा ज्यानगुमाउनुहुने सवैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र साँस्कृतिक रुपान्तरण अपुग भएको पुष्टी गर्दछ । घटनाका सन्दर्भमा कानुनी कारवाहीका लागि मुद्दाको प्रक्रिया समेत शुरु भइसकेको र संघीय सरकारले समेत घटनाको यथार्थ छानविनको लागि समिति गठन गरी कार्यप्रारम्भ गरिसकेको अवस्थामा सरकारी संयन्त्रमार्फत भइरहेको छानविन र अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाटपूर्णरुपले सहयोग गर्ने ।

– घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्वन्ध, स्थानीय र बाहिरवाट आएका युवाहरुबीच विभिन्न अवस्थाको इगो र लकडाउन परिपालना गर्ने गराउने मनोविज्ञान देखियतापनि भेरी नदीको किनारमा ५ जनाको शव भेटिएको र एक जना अझै वेपत्ता भएको अवस्थाले घटना गंभीर प्रकृतिको देखिन्छ । यस अवस्थामा घटनाको गंभीर छानविन र अनुसन्धान गरी दोषिउपर कारवाहीगर्न सरकारसँग माग गर्ने ।

–महान जनयुद्ध, जनआन्दोलन एवं वर्गसंघर्षका अन्य कैयौं मोर्चामार्फत उत्पीडितवर्ग र समुदायको मुक्ति तथा समग्र परिवर्तनको लागि रुकुमेली कम्युनिष्ट आन्दोलन र नेतृत्वले राष्ट्रिय स्तरमा पुर्याएको योगदानको प्रभावबाट अत्तालिएको कतिपयतत्वले सोती घटनालाई राजनैतिक रुप दिई रुकुमेली कम्युनिष्ट आन्दोलन र नेतृत्वमाथि गरिरहेको प्रहारको घोर भ्रत्र्सनागर्ने र यसप्रकारको रवैयाको प्रतिवाद गर्ने ।

–सोतीघटनाको सत्यतथ्यवुझ्न र अनुसन्धान कार्यमा सरकारी संयन्त्रलाई सहयोग गर्न हाम्रो पार्टीका आदरणीय नेता एवं प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माको निर्देशनमा पार्टी जिल्ला कार्यालयमार्फत क.चन्द्रवहादुर वि.क.को संयोजकत्वमा गठित ३ सदस्यीय समितिले आफ्नो अध्ययन गम्भीर र जिम्मेवार रुपले गरिरहेको र थपअध्ययनसहितको प्रतिवेदन पार्टी जिल्ला कार्यालयमा पेश गर्ने ।

– सोती घटनाका सन्दर्भमा विशेषत: दलित समुदायबाट व्यक्त प्रतिक्रियालाई सम्मान गर्दै पार्टीको तर्फवाट उत्पीडितवर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता गरियो ।

Facebook Comments