• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे सुरक्षाकर्मी र गाडी





पूर्वगृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र गाडी फिर्ता गर्नुभएको छ ।


कोरोना ब्यवस्थापनका लागि जनशक्ति र गाडी परिचालन गर्न सहज होस् भनेर फिर्ता गरिएको शर्माका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो ।

‘उहाँ (शर्मा)ले आफै सशस्त्रका प्रहरी प्रमुखलाई फोन गरेर अहिलेको संकटका बेला आवश्यक ठाउँमा परिचालन गर्न आफूसँग रहेका प्रहरी र गाडी फिर्ता लैजान आग्रह गर्नुभएको थियो, सोहीअनुसार आज विदाइ गरिएको छ’– कठायतले भन्नुभयो ।


यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि आफ्नो सुरक्षमा रहेका प्रहरी र गाडी फिर्ता गर्नुभएको थियो । कोरोना संकट बढ्दै गएसँगै नेताहरुले सुविधाका लागि पाएका गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालेका छन् ।

Facebook Comments