• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आहा सञ्चार आठ बर्षमा प्रबेश





रुकुम पश्चिमबाट नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको सात बर्ष पुरा गरि आठमा बर्ष प्रबेश गरेको छ । बार्षिक उत्सव अवसरमा पत्रिका प्रकाशक सम्पादक मेगराज खड्काले एक बिज्ञप्ती जारी गर्दै हाल सम्म सहयोग र सहकार्य गर्ने पाठक, ग्राहक, बिज्ञापनदाता, संबाददाता, लेखक, कर्मचारी लगायतका सरोकारवाला सबैमा धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा ब्यक्त गरेका छन ।

२०७० जेठ देखि आहा सञ्चार साप्ताहिक प्रकाशन शुरु भएको थियो । पत्रिका सगै आहा सञ्चार डटकम अनलाईन संस्करण मार्फत पनि देशबिदेश सगै स्थानीय समाचार र बिचारहरु पाठकमाझ ल्याईरहेको छ । शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नारा लिएर निरन्तर प्रकाशित आहा सञ्चार साप्ताहिकले जनपक्षिय समाचार र विचारलाई केन्द्रमा राख्दै आएको छ । आगामी दिनहरुमा अझै प्रभावकारी तरिकाले सामाग्रीहरु सम्पे्रसन गर्ने बताईएको छ । आहा सञ्चार साप्ताहिक सरकारी स्तरबाट क बर्गमा बर्गीकृत पत्रिका हो ।

कारोना भाईरस संक्रमण र सरकारी लकडाउन घोषणका कारण यस बर्ष कुनै पनि औपचारिक कार्यक्रम नराखिएको बिज्ञप्तीमा बताईएको छ । अघिल्ला बर्षहरुका बार्षिकोत्सवको अवसरमा चियापन, अन्तरक्रिया र पत्रकार तथा लेखक सम्मान हुदै आएको थियो । त्यस्तै सरकारले बन्दाबन्दी घोषणा गरेपछि आहा सञ्चारको प्रिन्ट संस्करण पनि प्रभाबित बनेको बताएको छ ।

‘कोरोना भाइरस संक्रमणबाट जोगिने÷जोगाउने हामी सबैको दायित्व भएको हुँदा बितरण क्रममा हुनसक्ने संभाबित जोखिमका कारण प्रिन्ट संस्करणको केहि अंक बन्द भएका छन भने समय केहि अनुकुल हुने बित्तिकै पुनः प्रकाशनले निरन्तरता पाउने पाठक समक्ष जानकारी गराउदछौं ।’ बिज्ञप्तीमा भनिएको छ, ‘कोरोनाभाइरस महामारीका कारण पत्रिका बन्द हुँदा आहा सञ्चारलाई ठुलो आर्थिक समस्या सृजना भएको छ । नियमित पत्रिका प्रकाशन हुँदा त धौंधौं आफ्नो प्रकाशनलाई निरन्तरता दिईरहेका आहा सञ्चार जस्ता मोफसलका धेरै पत्रिकालाई कोरोनाभाइरस ठुलो समस्याको रुपमा देखा परेको छ ।’

बिशेषगरी बन्द भएका छापा माध्मम सहित समस्यामा रहेका अन्य सञ्चारसंस्थाहरुलाई राहतमुखी कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र संघीय सरकारहरुलाई हार्दिक अनुरोध समेत गरिएको छ ।

Facebook Comments