भेरी नदीमा हराएका जाजरकोटका तीन युवाको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमान्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल ४७ नं गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको हो।
शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा तीन जनाको शव फेला परे पनि तीन जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक रहेका छन्। भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।
शनिबार चौरजहारीमा केटी भगाउन गएका जाजरकोटका युवालाई स्थानीयले लखेट्दै नदीमा पु¥याएका थिए। सो क्रममा बेपत्ता तीन जनाको शव भेटिएको छ भने तीन जना अझै बेपत्ता छन्।
रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकाको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ। प्रेमिका भनिएकी बालिका, उनका बाबाआमा र चौरजहारी ८ का वडाध्यक्षसहित १२ जना पक्राउ परिसकेका छन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।