• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्यवस्थित क्वारेन्टाइन बनाउन वडा अध्यक्ष र युवाहरुको रहरलाग्दो खटाइ





धेरै ठाउँमा क्वारेन्टाइनमा बसेकाहरुलाई परिवारले नै घरबाट खाना पु¥याइरहेका छन् तर घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले भने फरक नीति अपनाएको छ ।


घरबाट खाना ल्याउनुपर्दा जनतालाई समस्या हुने र क्वारेन्टाइनमा बसेकाभन्दा घरबाट आउनेहरु धेरै हुँदा असुरक्षित हुने भएकाले क्वारेन्टाइनमै पकाएर खुवाउने ब्यवस्था गरिएको वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभयो । बरु यसका लागि केही वडाकै स्रोत र केही सहयोग संकलन गरेरै भए पनि क्वारेन्टाइनमै खाना खुवाउने गरिएको छ ।


‘वडाका बासिन्दाले सुकोनिक्लो जे हुन्छ बाँडेर खाम भन्ने कुरा भएको छ’– उहाँले भन्नुभयो– ‘त्यसका लागि केही हुनेले सहयोग गर्नुहुन्छ भने केही वडाकै स्रोतबाट परिचालन गरिन्छ ।’ यो वडाका तीन स्थानमा क्वारेन्टाइन बनाइएको छ । गोग्ली, सवारीकोट र सुनपुर गरी तीन स्थानमा क्वारेन्टाइन बनाइएको छ ।

वडाध्यक्ष भीमबहादुर सार्की


अहिलेसम्म आधारभूत विद्यालय सवारीकोटमा ६७ जना, मावि गोग्लीमा १०६ जना र आवि सुनपुरमा २७ जनालाई राखिएको छ । क्वारेन्टाइन ब्यवस्थापनका लागि युवा स्वयंसेवक परिचालन गरिएको छ । जसका लागि गोग्लीमा हिमाल पौडेल संयोजक र सन्तोष रेग्मी सहसंयोजक रहेको २४ सदस्यीय, सवारीकोटमा यमबहादुर पुनको संयोजकत्वमा २७ सदस्यीय र सुनपुरमा निरज पाण्डेको संयोजकत्वमा २८ सदस्यीय स्वयंसेवक टीम बनाइएको नेकपाका युवा नेता एवं स्वयंसेवक गिरबहादुर महराले जानकारी दिनुभयो ।


उहाँका अनुसार अहिलेसम्म क्वारेन्टाइनका लागि विभिन्न व्यक्तिले सहयोग पनि गरिरहेका छन् । बाह्रहांगे टोल विकास संस्था सुनपुरले १२५ केजी चामल, पाँच केजी दाल, सुन, स्वायवीन, साबुन, फुरनदाना, च्यूरा, तेल, चाउचाउलगायत सहयोग गरेको छ ।

गिरिराज न्यौपानेले १०० केजी चालमलगायत सहयोग गनुृभएको छ भने अमृता पाण्डेले २५ केजी, मधुकर पोख्रेलले ५० केजी, सन्तराज पार्धेले २५ केजी, शशिधर पन्तले २५ केजी चालम तथा हेमन्त रेग्मीले ४० लिटर स्यानिटाइजर र सन्तोष रेग्मीले तीन गत्ता चाउचाउ सहयोग गर्नुभएको छ । ‘घरघरबाट खाना ल्याएर जनतालाई दुःख दिने र भद्रगोल ब्यवस्थापनभन्दा युवा परिचालन गरेर समुदायकै सहयोगमा क्वारेन्टाइन चलाउने नीति लिएका हौं’– महराले भन्नुभयो ।

आठ दिनपछि मात्रै स्वाब संकलन

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गर्न ढिलाइ भएको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन् । गोग्लीमा बसेका आठ जनाको समूहसँगै भारतबाट आएका घोराही ३ का एक जनामा यसअघि संक्रमण देखिएकाले पनि आफूहरुको चाँडो स्वाब परीक्षण गरिनुपर्ने उनीहरुले माग गरेपछि आठ दिनपछि मात्रै हिजो स्वाब संकलन गरिएको छ ।

Facebook Comments