• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि र वन पैदावारमा आधारित उद्योगबाट समृद्धिः प्रमुख शर्मा





जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले कृषि र वन पैदावारमा आधारित उद्योग स्थापना नगरेसम्म विकास र समृद्धि सजिलै हासिल नहुने बताउनु भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रीले रुकुम पश्चिमका स्थानीय तहस“ग गरेको भर्चुअल बैठकमा उहा“ले यस्तो बताउनुभएको हो ।

रुकुम पश्चिम र कर्णालीमा कृषि र वन पैदावार सम्बन्धिका उद्योग तथा केही खानी सञ्चालनको पूर्वाधार तयारमा लाग्नुपर्ने शर्माको भनाई छ । नीति, कार्यक्रम तथा बजेट बनाउदा जनतासग सगसगै जाने गरी बनाउनुपर्नेमा जोड दिनुभएका प्रमुख शर्माले यसका लागि जिल्लामा त्यस्तै गृहकार्य भइरहेको बताउनुभयो । प्रदेशले पनि समग्र कर्णालीको समृद्धिलाई आधार मानेर नीति कार्यक्रम तथा बजेट बनाउनुपर्नेमा उहा“को जोड छ । जनतास“ग भएको पुजि परिचालनमा सरकार अघि लाग्नुपर्ने, पुजि परिचालन गरेर त्यसैबाट समृद्धिको मार्ग बनाउनुपर्ने शर्माको भनाई छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, द्धन्द पीडितको व्यवस्थापन, एक घर एक धारा, सिचाईको कार्यक्रमलाई प्राथमिकताको आधारमा कार्यान्वयनको आधार तयार पार्ने गरी बजेट बनाउन आन्तरिक मामिला तथा योजना मन्त्रालयलाई सुझाव दिनुभएको छ । सार्वजनिक खरिद ऐन सहज बनाउन प्रदेशले सहजिकरण गर्नुपर्ने श्रम सहकारी तथा श्रम सहकार्य समूह परिचालन गरेर रोजगारी सृजनता गर्नतर्फ सरकार लाग्नुपर्ने उहा“को भनाई छ ।

Facebook Comments