लकडाउनले थप्यो पीडाः जीवन बचाइदिन सहयोगको अपिल

प्रकाशित मिति :  ५ जेष्ठ २०७७, सोमबार

हरि जिज्ञासु

घाेराही उपमाहानगर पालिका वडा नंं ४ गाेग्लीमा ५० बर्षिय दिन बहादुर खत्रीकाे एउटा सानाे घर छ । त्यहि घरभित्र बस्छन् दिनबहादुरका ४३ बर्षिय श्रीमती र दुईटा छाेराहरु । दुईवटा छाेरा मध्ये २६ बर्षिय जेठाे छाेराे प्रेम खत्री अाेच्छ्यानबाट नउठेकाे बर्षदिन बितिसक्याे । कान्छाे छाेरा २३ बर्षिय मधुसूदन खत्री हेर्दा खाईलाग्दा देखिए पनि उनी अपांग छन् । उनलाई कपडा पनि अर्कैले लगाइदिनु पर्छ ।

उमेरमा भारत गएर काम गरेकाे पैसाले परिवार धानेका दिन बहादुरले छाेरा प्रेम खत्रीलाइ बिमारले च्यापेपछि भारत लगेर उपचार गराए । “अस्पतालले कुनै राेग देखाएन तर अाफ्नाे एक लाख असी हजार रुपैंया छाेराकाे उपचारमा सकियाे । नेपाल अाएपछि छाेराकाे घाउ बिस्तारै बढ्दै गयाे । नेपालमा फेरि चेक गरेँ डाक्टरले टिउमर क्यान्सर देखायाे । उपचार गर्ने प्रयास गरेँ तर अार्थिक कुराले साथ दिएन ।” प्रेमका बुवा दिन बहादुर खत्रीले बताउनुहुन्छ ।

छाेरालाई जसरी भए पनि बचाउछु भन्ने हिम्मत लिएर दिन बहादुरले भारत जान छाेडेर गाेग्लीमा नै एउटा सानाे नास्था पसल खाेल्नुभयाे तर बिडम्बना नास्था पसल साेचेजस्ताे चलेन । छाेराकाे घाउ झन् बढ्दै गयाे । नास्था पसलबाट दिनमा तीन- चार सय कमाउने दिन बहादुरलाई छाेराकाे उपचार गर्न त परै रहाेस् परिवारकाे खर्च धान्नै हम्मे हम्मे पर्याे ।

यस्ताे जटिल परिस्थितिमा जुधेका दिन बहादुरलाई बिश्व ब्यापी रुपमा फैलिएकाे काेराना भाइरसकाे कारण लम्बिएकाे लगडाउनले उहाँकाे परिवारलाई ठूलाे पीडा थपिदियाे । छाेरालाई कुर्नु परेकाे र नास्था पसल लगडाउनकाे कारण बन्द भएकाेले परिवारमा परेका असर दिनबहादुरले यसरी सुनाउनुहुन्छ ।

“म त जसाेतसाे ठिकै छु । तर पनि मनमा ठूलाे पीर छ ।” खासमा म कसैसँग सयाेग माग्ने मान्छे हाेइन । बरु सके अरुलाई दिने ब्यक्ति हुँ । तर यसपटक लगडाउनले गर्दा साह्रै गाह्राे भयाे । म पचास बर्ष पुगिसकेँ दुईटा छाेरा छन् । कमाएर अामा बुवालाई साथ देलान भन्ने बेला जेठाे छाेराे प्रेम अाेछ्यानबाट कहिले उठ्दैन । कम्मरदेखि तलकाे भाग पाकेकाे छ ।

उसकाे घाउ सफा गर्नकै लागि दिनमा तीन सय बढी खर्च छ । पैसाे छैन । नास्था पसलबाट अलिकति खर्च धान्ने हुन्थ्याे त्याे पनि लगडाउनले गर्दा बन्द छ । घरमा खानेकुरा छैन । वडा कार्यलयले २० किलाे चामल र दुईकिलाे दाल दिएकाे थियाे त्याे पनि सकियाे । बिरामी छाेराकाे घाउलाई ड्रेसीङ नगर्ने हाे भने किरा परिहाल्छ ।

कान्छाे छाेरा मधुसूदन खत्री पनि अपांग छ त्यसलाई पनि कपडा अाफै लगाईदिनु पर्छ । उसले कमाउला भन्ने त अाशै छैन । म धेरै समस्यामा छु । यस्तै समस्या त कसैलाई नपराेस् ।” उहाँले अाफ्नाे छाेराकाे अबस्था भिडियाे कलबाट देखाउनुभयाे ।

शरीर दुब्लाएर पातलाे । कम्मरदेखि तल पुरै घाअाेइ घाउ । हातले कन्याउछ भनेर हात डाेरीले बान्देकाे । घाउमा झिङ्गाहरु भन्केका । मृत्यूलाई पर्खेर अाफ्नाे बुवालाई हेरिरहेकाे प्रेम संधै अाेछ्यानमै हुदा रहेछन् । दिसा पिसाप पनि अाेछ्यान मै गर्दा रहेछन् । उनकाे रेखदेख गर्नकाे लागि परिवारकाे एउटा ब्यक्ति संधै घरमा बस्नु पर्ने । दुईवटै छाेराकाे रेखदेख गर्नु पर्दाेरहेछ ।

भान्सादेखि लिएर सबै देखाउँदै भन्नुभयाे ” खासमा देखाएर अाफ्नाे इज्जेत अाफैले फाल्न नमिल्ने हाे । तर नीयतिले देखाउन बाध्य पार्दाेरहेछ । यदि मेराे दिन अायाे भने मैले पनि अरुलाई सयाेग गर्नेछु । अहिले मलाई खर्च धान्न मुस्किल परेकाे छ । पैसा भए त छाेराकाे उपचार नै गर्ने थिएँ । तर के गर्नु उ बाँचुन्जेल उसकाे घाउलाई ड्रेसिङ गर्ने पैसा छैन । यदि काेहि मनकारी मान्छे हुनुहुन्छ भने उहाँबाट म सहयाेगकाे अपक्षा गर्छु । माग्नु लाज हाे तर नीयतिले ठगेपछि लाज मानेर के गर्नु ? पैसा भयाे भने उसलाई उपचार गरेर बचाउन चाहान्छु । “

Facebook Comments