• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः सिमाना बचाउन केही त गरौं




भारतिय विस्तारवाद नेपाल भित्र पसिसक्यो
नेपाली मौन भैदिदा सिमा मिच्ने बानी बसि सक्यो
लिपुलेक हुँदै मान सरोबर जाने बाटाे खनिसक्यो
परराष्ट्र पनि अनबिज्ञ निदाएको जस्तो बनी सक्यो
रास्ट्र र राष्ट्रिय अखण्डता सवालहरु भत्कि सक्यो
नेपालिहरुमा रहेको रास्ट्रवादी छवि पनि लत्रीसक्यो
मिचियो देशको सिमाना सुरक्षाको लागि केही गर्नु पर्यो ।।

किन हाम्रो कुटनीति नियोग बिस्तारबादिको पाउमा पर्यो
नेपाली दाई भाई लडाइँ लडदा छिमेकिलाइ दाउमा पर्यो
सरकार पनि मौन देख्छु किन ? कि उ सत्ताको साहु पर्यो
नतमस्तक छ्न सबै लठ्ठ बनायो कि उ सबैलाई राहु पर्यो
मातृ भुमीमा कोपरिदा निकै नहुने ठुलो ठुलो घाउ पर्यो
कि स्वाभिमानी नेपाली भन्ने कुनै बेलाको मात्र नाउ पर्यो
मिचियो देशको सिमाना सुरक्षाको लागि केही गर्नु पर्यो ।।

कहाँ छ्न ती ? नेपालीका सपूत बिरे गोर्खेहरु जाग्नु पर्यो
मिचिएको सिमानाहरु फिर्ता लिन मरि मेटि लाग्नु पर्यो
सिमा अतिक्रमण रोक्नलाई पखाल पिलर राख्नु पर्यो
सिमा सुरक्षाको निम्ति सुरक्षाकर्मीहरु पनि माग्नु पर्यो
देश सिमाहरु मिचिदा अनबिज्ञ सरकार पनि जाग्नु पर्यो
स्वाभिमानी नेपाली रास्ट्रबादी नेतृत्वको साख राख्नु पर्यो
मिचियो देशको सिमाना सुरक्षाको लागि केही गर्नु पर्यो ।।

साच्चिकै सरकार सिमा मिचियको हो कि बेचिएको भन्नु पर्यो
कति बाटो खनियो कति पिलर सारिय रातारात हेरेर गन्नु पर्यो
सहमती नभए बल प्रयोग गरि पनि बिस्तारबादलाई रोक्नु पर्यो
मातृभुमी जोगाउन एकता बहादुरीको अठोट सबैले बोक्नु पर्यो
कति बस्नु हेपियर स्वाभिमानी नेपालीहरु सबैले खोक्नु पर्यो
हाम्रा आवाज सुनेन भने बिस्तारबादीलाई गोलि ठाेक्नु पर्यो
मिचियो देशको सिमाना सुरक्षाको लागि केही गर्नु पर्यो ।।

Facebook Comments