• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वारेन्टाइनमा ज्यान गुमाउनेको संख्या बढेको बढ्यै, सहज र शीघ्र उपचार आवश्यक





कोरोना संक्रमण बढेसँगै बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसरी राख्ने क्वारेन्टाइनहरु ब्यवस्थित नहुँदा अहिलेसम्म सात जनाको क्वारेन्टाइनमै ज्यान गइसकेको छ ।


बाँकेमा भारतबाट आएर क्वारेन्टाइनमा ज्यान गुमाउने युवामा कोरोना पोजेटिभ देखि पनि अरुमा पनि नेगेटिभ देखिएको थियो । यद्यपि बाँकेका युवाले पनि समयमै ज्यान उपचार नपाउँदै ज्यान गुमाउनुपरेको थियो ।


त्यसअघि रोल्पामा क्वारेन्टाइनमा राखिएका एक वृद्धको मृत्यु भएको थियो । माडीगाउँपालिका–२ पारिबाङको क्वारेन्टाइनमा राखिएका ६२ वर्षीय टुलबहादुर परियारको मृत्यु भएको थियो । इट्टाभट्टाबाट परिवारसँगै फर्किएका परियारको क्वारेन्टाइनमा राखिएको ५ दिनमा मृत्यु भएको थियो ।


त्यस्तै भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको पनि मृत्यु भएको थियो ।

बाँके नरैनापुरस्थित युवकले ज्यान गुमाएको क्वारेन्टाइन


त्यसैगरी रुपन्देहीमा पनि एक ३४ वर्षीय एक युवकको मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको थियो ।


त्यसैगरी भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको बैतडीमा मृत्यु भएको थियो । पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको मृत्यु भएको थियो । लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै बैतडी आएका थिए। एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै क्वारेन्टाइनमा बसेका थिए।


यसरी विभिन्न समयमा गरी नेपालमा क्वारेन्टाइनमा बसेकाहरुले ज्यान गुमाइरहेका छन् । क्वारेन्टाइन मापदण्डअनुसार सञ्चालन नहुनु र उनीहरुमा कुनै समस्या आए तत्काल उपचार नपाउँदा अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।

यो समस्या समाधान गर्न हरेक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउनुपर्ने र समस्या देखिए तत्काल उद्धार गरी उपचारका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ ।

Facebook Comments