• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिम जिल्ला समन्वय समितिको अपिलः कोरोनाविरुद्ध डटौं, उत्पादनमा जुटौं




जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख राजकुमार शर्मा


जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख राजकुमार शर्माले एक अपिल जारी गरी कोरोनाविरुद्ध एकताबद्ध भएर लड्न र उत्पादनमा जुट्न सबैमा अपिल गर्नुभएको छ ।


‘यस रोग विरुद्ध लड्न र बन्दाबन्दिले सृजना गरेका विविध समस्या समाधान गर्न तथा हाम्रा दैनिक अत्यावश्यक कामलाई अगाडि बढाउन यस जिल्लामा सहज र पायक पर्ने ८÷१० घरको एक सहकार्य समूह निर्माण गरी परिचालन गर्ने प्रक्रिया अगाडि बढेको कुरा यहाँहरुलाई विदितै होला’– अपिलमा भनिएको छ– ‘सहकार्य समूहलाई अँझ व्यवस्थित गरी अभियानात्मक ढङ्गले अगाडि बढाउनु हुन सरोकारवाला सबै निकायलाई हार्दिक अनुरोध गर्दछु ।’
अपिलको पूर्ण पाठः
आदरणिय रुकुमेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन सहित नमस्कार ।
कहिलेकाँही प्रकृतिमा अकल्पनिय आँधी र मानव जीवनमा नचिताएका भयंकर कठिनता आउने गर्दछन् । त्यस्तै आज सिङ्गो मानव जाति कोरोना भाइरस (कोभिड–१९) महामारीले आक्रान्त भएको र सम्पूर्ण शक्ति यसको विरुद्धमा लडिरहेका कुरा सर्वविदितै छ ।


हालसम्म यस महामारीबाट विश्वमा ४४ लाख ५२ हजार ८२० जना संक्रमीत भईसकेका छन्, २ लाख ९८ हजार ७३७ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ७५ हजार ९३५ निको भएर घर फर्किसकेका छन् । नेपालको सन्दर्भमा पनि २४६ जना संक्रमित भईसकेका छन् जुन सङ्ख्या भर्खर बढ्दो क्रममा छ जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् ।

हालसम्म हाम्रो प्रदेश र हाम्रो जिल्लामा यो प्रकोप देखिएको छैन । सरकारले गरेका निर्णयको पालना गर्दै हालसम्म यो जिल्लामा कोभिड १९ भित्रिन नदिन यस लडाइँको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्ण रुकुमेली जनता, शिक्षक, कर्मचारी, राजनीतिक पार्टी, जिल्ला प्रशासन कार्यालय, सबै पालिकाहरु, मिडिया र अन्य सरोकारवालाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । त्यस्तै संकटको घडिमा आफै उपस्थित भएर, स्वास्थ्य सामग्री पठाएर सदैव मार्गनिर्देशन गर्ने जनताका असल साथी तथा आदरणिय नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री माननिय जनार्दन शर्मा प्रभाकरलाई जिल्लावासीको तर्फबाट विशेष आभार प्रकट गर्दछु ।

नेपालको सन्दर्भमा पछिल्लो केही समयमा यसको प्रकोपमा केही वृद्धि हुँदै गएको छ । हाम्रा छिमेकी प्रदेशहरुमा यसको प्रकोप बढिरहेको परिप्रेक्षमा हाम्रो जिल्ला पनि जोखिममा रहेको छ । हामी यस महामारीका विरुद्ध कसरी लड्ने, यसका विरुद्ध कस्ता रणनीति बनाउने र यस विरुद्ध कसरी विजय हासिल गर्ने भन्ने प्रश्न हामीमाँझ खडा भएको छ । यो महामारीलाई जित्ने एउटा मात्र उपाय भनेको एकीकृत बुझाई र व्यवहार हो । हामी सबै एकढिक्का भएरमात्र यसलाई परास्त गर्न सकिन्छ । यसको लागि बन्दाबन्दि(लकडाउन) अहिलेको उत्तम विकल्प हो ।

यस रोग विरुद्ध लड्न र बन्दाबन्दिले सृजना गरेका विविध समस्या समाधान गर्न तथा हाम्रा दैनिक अत्यावश्यक कामलाई अगाडि बढाउन यस जिल्लामा सहज र पायक पर्ने ८/१० घरको एक सहकार्य समूह निर्माण गरी परिचालन गर्ने प्रक्रिया अगाडि बढेको कुरा यहाँहरुलाई विदितै होला । सहकार्य समूहलाई अँझ व्यवस्थित गरी अभियानात्मक ढङ्गले अगाडि बढाउनु हुन सरोकारवाला सबै निकायलाई हार्दिक अनुरोध गर्दछु ।

त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि मुसीकोट, आठबीसकोट र चौरजहारी नगरपालिकामा सबै सुविधा सहितका आइसोलेसन वार्डहरु निर्माण भएका छन् भने सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा क्वारेन्टिनको उचित व्यवस्था गरिएको छ । जिल्लाको सिमा तथा पालिकाको सिमामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टिम परिचालन गरी तथ्यांक संकलन लगायत स्वास्थ्य जाँच गर्ने कार्य भइरहेको छ । चुल्हो बल्नै गाह्रो पर्ने मजदुरहरुलाई स्थानीय तहले पहिचान गरी राहत वितरणको काम पनि सुरु गरेका छन् । हाम्रो जिल्लाबाट भारत लगायत अन्य देश र जिल्ला बाहिर रहनु भएका सबैको तथ्याङ्क यथाशिघ्र सङ्कलन गर्न सबै पालिकाहरुलाई हार्दिक अनुरोध गर्दछु ।

साथै अब उपरान्त भारत तथा अन्य देशबाट आउन लाग्नु भएका सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी सबैले आफू कहिले घर आइपुग्ने, कुन बाटो आउने कति जनाको समूहमा आउने भन्ने विषयमा संघ, प्रदेश, जिल्ला समन्वय समिति, सम्बन्धित वडा, नगर÷गाउँ पालिकाका जनप्रतिनिधिहरु र जिल्ला प्रशासन कार्यालय जहाँ सहज हुन्छ त्यहीँ जानकारी गराउन समेत अनुरोध गर्दछु । सम्बन्धित घरपरिवारले समेत सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गर्दछु ।

मलाई के नै भएको छ र भन्ने, भागेर, लुकेर आउने कुराले तपाई एक जनालाई मात्र नभई यस रोगले तपाईको परिवार, तपाईको समाज र अन्त्यमा राष्ट्रलाई नै जोखिममा पार्न सक्दछ । तसर्थ व्यक्तिगत सावधानी नै सबैको सुरक्षाको उपाय हो यसमा ध्यान दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु । यसरी आउनेहरुको लागि सबै पालिकाहरुले क्वारेन्टीनको व्यवस्था गर्नेछ ।

विपद् व्यवस्थापन समिति लगायत सरोकारवाला निकायले स्वाब परिक्षणको व्यवस्था गरेरमात्र घर पठाउने व्यवस्था गर्नेछ । यसबाहेक श्रम सहकार्य समूहमार्फत उत्पादन, आपुर्ती, लजीस्टीक, स्वास्थ्य सुरक्षा, जनचेतना, विकास निर्माण लगायतका कामहरु सुव्यवस्थित ढङ्गले भौतिक दूरी कायम राख्दै अभियानात्मक रुपमा अगाडि बढाउन समेत हार्दिक अपिल गर्दछु । विशेष गरी ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिलालाई यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक घर भन्दा बाहीर ननिस्किनुहुन हार्दिक अनुरोध गर्दछु ।

कोभिड १९ को नियन्त्रण संघप्य सरकार, प्रदेश सरकार, स्थानिय सरकार, नागरिक लगायत सम्पूर्ण सरोकारवालाको सहकार्यबाट मात्र सम्भव भएकाले यसको रोकथाम र नियन्त्रणमा सबै एकजुट भई अघि बढौँ ।
बाहिरबाट आएका सबैजनालाई क्वारेन्टिनमा बस्नका लागि हामी सबैले उत्प्रेरीत गरौँ ।
भौतिक दुरी कायम गरौँ, आँफू पनि बाँचौ अरुलाई पनि बचाऔँ

राजकुमार शर्मा
प्रमुख

२०७७ जेष्ठ १ गते ।

                                                                             

Facebook Comments