• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीमा बाझो जमीनमा उत्पादन अभियानः हरेक महिनाको दुइ दिन कृषिमा श्रमदान




कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अभियान उद्घाटन गर्नुभएको छ । सो क्रममा मुख्यमन्त्री शाही, मन्त्री केसीलगायतले जोत्नुभएको थियो ।

प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो जमिन जोतेर खेती गर्ने कार्यक्रमको सुरुवात गरेको हो । हरेक महिनाको एक र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले यसलाई अबदेखि कृषिमा केन्द्रीत गर्नेछ ।

श्रम दिनको अवसर पारेर बिहीबारदेखि कर्णालीका १० जिल्लाबाट बाँझो जमिन जोत्ने अभियानको सुरुवात भएको छ ।

ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णाली प्रदेश खाद्यान्नमा आत्मनिर्भर छैन । कोरोना संक्रमणमका कारण भइरहेको लकडाउनका कारण काम गर्ने जनशक्ति भारतमै रहेकाले यो वर्ष खाद्य असुरक्षा अझ बढ्ने संभावना छ । खाद्य असुरक्षा कम गर्नका लागि उत्पादन बढाउन आवश्यक भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बाँझो रहेका र रहन सक्ने जमिन जोतेर खेती गर्न सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्री केसीले बाँझो रहेका व्यक्तिका साथै सरकारी र संस्थानका जमिन खोज्ने काम पनि सँगसँगै सुरु गरिएको बताउनुभयो । स्थानीय तहलाई पनि बाँझो जमिन खोज्न पत्राचार गरेको जानकारी दिंदै उहाले कर्णालीलाई खाद्य संकटबाट जोगाउन पनि बाँझो जमिन रहन नदिने घोषणा पनि गर्नुभयो ।

मन्त्रालयले भेटेनरी र कृषि विकास कार्यालयमार्फत ८९ वटै स्थानीय तहमा एकै पटक अभियानको सुरुवात गरेको हो । मन्त्रालयले बाँझो जमिनका खेती गर्नका लागि स्थानीय तहलाई आवश्यक रकमका साथै मल, विउ र बेर्ना निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।

आफै खेती गरिरहेका कृषकहरुलाई गह्रा सुधार कार्यक्रममार्फत निश्चित अनुदान पनि दिने तयारी मन्त्रालयको छ । लकडाउनका कारण मन्त्रालयले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको मध्ये १५ करोड हाराहारीको रकम खर्च हुने अवस्था छैन् । उक्त रकम स्थानीय तहमार्फत खर्च गर्ने गरेर बाँझो जमिन जोत्ने र आफै खेती गरिरहेका कृषकहरुलाई गह्रा सुधारका लागि अनुदान दिने तयारी भइरहेको मन्त्री केसीले जानकारी दिनुभयो ।

Facebook Comments