• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउनको सदुपयोग गर्दै १२० शिक्षकलाई अनलाइन तालिम





एकीकृत अखिल नेपाल शिक्षक शिक्षक संगठन प्रदेश नम्बर ५ ले लकडाउनको सदुपयोग गर्दै पाँच दिने सूचना प्रबिधि अनलाइन तालिम सम्पन्न गरेको छ ।


तालिम समापन गर्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोनाका कारणका कारण शैक्षिक संस्था ठप्प रहेको बेला स्थानीय तहमार्फत नजिता प्रकाशन गरेर विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागिएको बताउनुभयो । सूचना प्रबिधि तालिमले वर्तमान प्रबिधिमा सुधार ल्याएर विद्यार्थीलाई मनोरञ्जनात्मक तरीकाले पढाउने सीपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


संगठनको वैशाख २४ गते बसेको अनलाइन बैठकले प्रदेशस्तरमा पाँच दिने अनलाइन तालिम सञ्चालन गर्ने निर्णय गरेको थियो । देशभरि एक हजार जना प्रशिक्षक तयार गर्ने गरी शुरु गरिएको तालिमका लागि संगठनले उपाध्यक्ष इन्द्रराज भट्टराइको संयोजकत्वमा सात सदस्यीय तालिम कार्यदल गठन गरेको थियो ।


तालिमको शुभारम्भ संगठनका अध्यक्ष शंकर अधिकारीले गर्नुभएको थियो । तालिमको सहजीकरण प्रशिक्षक माधव महराले गनुृभउको थियो । उद्घाटनमा शिक्षक महासंघका सहध्यक्ष पूर्णप्रसाद दवाडीले पनि धारणा राख्नुभएको थियो ।

तालिममा त्रिभुवन विश्वविद्यालयका शिक्षा विकास तथा असनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुरेन्द्र गिरीले कोभिड १९ महामारी र यसको शिक्षामा प्रभाव बिषयक तालिम दिनुभएको थियो ।

त्यस्तै प्रशिक्षक अञ्जु लामालले पावरप्वाइन्टको प्रयोग, त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोरोनाले देशको समग्र अर्थतन्त्र र विश्वविद्यालय शिक्षामा पार्ने प्रभाव, धर्मराज पौडेलले गुगल एप र प्रदेश ५ का शिक्षा निर्देशक मनोजकुमार गैरेले प्रदेशको शिक्षा कार्यान्वायन नीतिबारे प्रशिक्षण दिनुभएको थियो ।


त्यस्तै संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले तालिमको महत्व र औचित्य, बसन्त ढकालले इमेल इन्टरनेट र सुशील उप्रेतिले डिजिटल लाइब्रेरीबारे प्रशिक्षण दिनुभएको थियो । संगठनका प्रदेश अध्यक्ष मदनकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव निमबहादुर केसी, प्रदेश इञ्चार्ज बसन्त अधिकारी, कर्णाली प्रदेश अध्यक्ष रेश्मीलाल चपाइँ, हिस्टुनका पूर्वअध्यक्ष पुण्य न्यौपानेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन प्रदेश महासचिव प्रेमबहादुर बस्नेतले गर्नुभएको थियो भने केन्द्रीय आइसिटी विभाग सदस्य माधव महराले होष्टिङ गर्नुभएको थियो । तालिममा प्रदेश ५ का १२ जिल्लाका दश दश जनाको दरले एक सय २० जनाको सहभागिता रहेको थियो ।


सहभागीको तर्फबाट प्रअ तथा शिक्षकहरु मानबहादुर पाण्डे, रामप्रसाद जैसी, मधुसूदन पोख्रेल, गणेश ज्ञवाली, लोकराज घिमिरे, भीमप्रसाद पोख्रेल, पर्शुराम लम्साललगायतले धारणा राख्नुभएको थियो ।

Facebook Comments