• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेतृत्वले विश्वास टुट्न दिनुहुन्न





चिनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड १९) ले अहिले विश्व आक्रान्त पारिरहेको छ । यस अवस्थामा नेपालमा पनि यस्को संक्रमन हुनेको संख्या बढिरहेको छ यसै अवसरमा नेपाल सरकारले विभिन्न कार्यक्रमहरु अगाडि बढाएको छ । कोरोनाको संक्रमित हुनबाट वच्ने मुख्य उपाय भनेकी लकडाउन (बन्दाबन्दी) भएकोले नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन घोषण गरेको छ हामी अहिले यहि परिपिक्ष्ययमा छौ ।


नेपाल सरकारको लकडाउन अभियानलाई सबैले साथ दिउ र यस भाइरसबाट आफू बचौ र अरुलाई नि बचाउ । यहि लकडाउनको समयमा देशमा ठूलो राजनीति बहस चल्यो जो हतारमा आएको अध्यादेशले विभिन्न विषयहरु उत्पन्न गर्यो ।


त्यही उत्पन्न विषय मध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विषयलाई मिडियाहरुले मिडियावाजी गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देशको महान अनि गरौव पार्टी, पार्टी ठूलो छ , पार्टी का विभिन्न धेरै ठुला भातृ संगठन र विभिन्न बिभागहरु छन ।


वेला बखत पार्टीमा विभिन्न मनमुटावका कुराहरु आएको देखिन्छ , हुन पनि त्यो स्वभाविक छ पार्टी ठूलो छ ,ठूलो पार्टीका धेरै नेता कार्यकर्ता छ्न कहिले काहीँ बिवाद तथा मनमुटावका कुराहरु उत्पन्न हुनु स्वाभाविक पनि छ ।

हाम्रो देशमा कुनै क्षेत्रको निश्चित व्याक्तीहरु भएर बनेको केही कार्यकर्ता भएका पार्टी फुटेको अवस्था हामिले देखेकै छौ तर हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यो अवस्थामा पुगेको छैन र त्यो अवस्थामा पुग्ने छ भन्ने कल्पना गर्न पनि सकिदैन ।


आफ्नो लक्ष्य उदेश्यलाई सधै साथमा लिएर एकडिक्का भएर लाग्ने देशको उन्नति र प्रगतिमा हरपल खटिने हाम्रा महान नेता कम्रेड के पि शर्मा वलि र पुष्पकमल दाहाल प्रचण्डले लिड गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । दुइ अध्यक्ष ओलि र प्रचण्डकोको नेतृत्वलाई कार्यकर्ता र पार्टीलाई बलियो बनाउने भुमिका खेल्ने आदरणीय नेता ज्युहरु बादल,महरा,माधव कुमार नेपाल,बाम्देव गौतम वर्षमान लगायतका नेताहरुको कार्यकर्ता हामी । जनता र उच्छ नेतालाई समीकरण गराउने भुमिकामा सधै अग्रसर हुने कम्रेड बिष्णु पौडेल जस्ता नेता बनाएका हामी कार्यकर्ता भने कहिले झस्क्क हुनु पर्ने अवस्था आउदो रहेछ ।


केही दिन अघि हाम्रा नेताले ल्याएको अध्यादेश र त्यस पछि आएको परिस्थितिले भने म जस्ता हजारौं नेता कार्यकर्ताको मन झस्किएकै हो । हामिलाई डर थियो अब हाम्रा बिपरित पार्टीहरुको सामुमा के हाम्रा नेताले मुख देखाउने ठाउँ हराएकै हुत त ? यी र यस्ता प्रश्न मनमा धेरै उब्जिकै हुन । हाम्रो पार्टी सहि मार्गमा हिडेको देख्न नसक्ने धेरै छन् ।

भन्ने गर्थे यो पार्टी पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकिकरण धेरै टिक्न सक्दैन भन्नेहरुको सामू उनिहरुले भनेको जस्तै हुन पो लागेको हो कि यी र यस्ता प्रश्नहरु उब्जिन थालिसकेका थिय ।


हाम्रा नेताले त्यति ठूलो गल्ती नै गरेको हुन जस्तो त मलाई लाग्दैन थियो किन कि नेता प्रतीको विस्वास भने अझै टुटेको भने थिएन । पार्टीमा सानो तिनो विषय पार्टीमा उठुनु जायज छ । पार्टीमा अध्यादेशको कुरो आयो राष्ट्रपतिमा स्वीकृत पनि भयो पार्टीको उच्च ओहोदामा बसेकै व्याक्तिहरुबाट र नागरिकबाट यस्को बिरोध भएपस्चात अध्यादेश फिर्ता पनि भयो, विश्व महामारीको रुपमा फैलिएको अवस्थामा यो अध्यादेश ल्याउने समय नभाएको भन्दै सर्वत्र आलोचना भयो ।


यहि अध्यादेशबाट उत्पन्न भएको केही समान्य कुरालाई मिडिया र विपक्षहरुले ठूलो विषय बनाएर साच्चिकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उथपुथल बनायो भन्ने जस्ता समाचार छरपस्ट आउन थाल्यो ।


समाचारमा आउने गर्थियो विभिन्न शीर्षकमा मनै झस्काउने शिर्षक त्यो समाचार पढ्दा लाग्थ्यो अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) साच्चिकै पार्टी रहदैन यो पार्टी दुई चार वटा संगठनमा टुक्रा हुन्छ ,यो पार्टीमा गुट,उपगुट निर्माण भैसक्यो अब सम्मानिय प्रधानमन्त्री ओलिको राजिनामा नयाँ प्रधानमन्त्री माधव नेपाल बन्ने प्रस्ताव गर्ने पार्टी अध्यक्ष प्रचण्ड यो समाचारले देश बिदेश तातियो केही समय । नेपालमा अहिले जे गर्न सजिलो छ त्यो भनेको अन्लाईन मिडिया चलाउने जनतालाई भ्रमित मार्ने भन्दा अरु केही छैन यस्तै समाचारले हामिलाई कहाँ कहाँ पुर्याइदिने ।


पहिले पहिले समाचार पढ्दा समाचारको स्रोत प्रस्ट खुलाइएको हुन्थ्यो कोहि भ्रमित हुने अवस्था थिएन अहिले समाचारको स्रोत भनेको उनी निकट एक जना नेता कार्यकर्ताले बताए, एक सांसदले बताए, एक सचिवालय सदस्यले बताए यी र यस्तै सब्दले भरिएका समाचारहरुले मन कसो नझस्काउनु । दिनानुदिन समाचार आइरहे एक दुई दिन मिडियाहरु भरिए ती सायद पैसा नि राम्रै कमाए होलान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै समाचारहरुले ।


जनताको विस्वासीलो मानिने मिडियाहरु समेत बिरोधिहरु जस्तो रुपमा निरन्तर लागिरहे तर मलाई ती मिडियाहरुमा आएको समाचारहरुको भने पट्क्कै बिश्वास थिएन जे जति समाचार आएपनि म भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकबाट मात्रै विवादको यथार्त कुरो बाहिर आउनेमा बिस्वस्थ थिए ।


विपक्षहरु पार्टी एकीकरण सफल भएको देख्न त के सुन्न समेत चाहादै थिए तर पार्टी एकीकरण हचुवा भरमा भएको हैन एकीकरण हुन अगावै बिगतको लामो समय देखि एकीकरणको अभ्यास हुँदै आए पश्चात अन्त्यमा दुई ठुला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको हो ।


ठुलो पार्टीमा नेता कार्यकर्ता धेरै हुन्छन फरक मन फरक धारण आउन स्वभाविक हुन्छ तर हरेक कुराको निस्कर्ष लक्ष्यमा पुग्नलाई छलफल र बहसको आवस्यक देखिन्छ । त्यही आनुसार जस्तोसुकै समस्या आएपनि पार्टीको सचिवालय समिती ,स्थायी समिती लगायत पार्टीका विभिन्न निकायले समस्याको हल गर्नु पर्छ पार्टी भित्रको सामान्य कुरा पार्टीमा आवद्ध नेता कार्यकर्ताले त्यो कुकार्य गर्छ भने त्यो दुस्साहस हुने छ ।

जसरी अहिले मिडिया अनि समाजमा सरकार र पार्टीको विरुद्धमा कु प्रचार गरियो त्यो राम्रो थिएन । पार्टीको सचिवालयले गरेको निर्णय र छलफलले हामी कार्यकर्ताको मन अझ उच्छ मनोबलको साथ गर्व गर्ने अवस्था आएको छ । जसरी कु प्रचार गरियो त्योबाट हामी र हाम्रो पार्टीले सिक्ने भनेको हामी मिलेको भन्दा हामी टुटेकोमा रमाउनेहरु धेरै छन त्यसैले हामी कसरी बलियो हुने भन्ने कुरामा पार्टीको उच्च पदमा रहनु भएका नेताहरुले बुज्न जरुरी छ । पार्टी व्यक्तिको लागी भन्दा पनि पार्टीको सिद्धान्त र पद्धतीलाई आत्मसाथ गरेर बढ्ने छ ।


हाम्रो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले करिब दुईतिहाईको हाराहारीमा मत लिएर सरकारमा छ हाम्रो पार्टी र सरकारले नेपाली जनताको विकास , देशलाई समृद्धिको बाटोमा लिने छ भन्ने कुरामा हामी विस्वस्थ छौ । अहिले सरकार सबै हिसाबले सफल हुने छ हामी कार्यकर्ताले ढुक्कका साथ भन्ने छौ हाम्रो पार्टी सरकारमा रहदा जनताको मतलाई कदर गर्दै देश विकासमा उच्च नतिजा हासिल ग¥यो र गर्ने छ । अझै सम्म हाम्रा नेताले हाम्रो विश्वास टोडेको छैन्न र टोड्ने पनि छैन्न । हामी जनता र कार्यकर्ताको मन सधै खुशी राख्ने छन ।


(सहसंयोजक, प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति रोल्पा)

Facebook Comments