• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सूचना प्रबिधि दिवसमा राहत हस्तान्तरण र रक्तदान




राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७७ को अवसरमा कम्प्युटर एसोशियन नेपाल महासंघ दाङले लकडाउनबाट प्रभावित बिपन्न नागरिकलाई राहत दिन सहयोग गरेको छ ।


महासंघले घोराही उपमहानगरपालिकालाई सो सहयोग हस्तान्तरण गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष रेशम गिरी, केन्द्रीय लेखा आयोग सदस्य भीमसेन गिरी, प्रदेश उपाध्यक्ष कृष्ण ओली, जिल्ला अध्यक्ष कर्णबहादुर पुनलगायतले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।


क्यान महासंघ दाङले चामल २५ बोरा, दाल २५ केजी र नून ५० केजी सहयोग गरेको छ । एकद्वार प्रणलीबाट राहत वितरण गर्न सहज होस् र लकडाउनका कारण छाकबास बसेका परिवारलाई सहज होस् भनेर घोराही उपमहानगरपालिकामार्फत सहयोग गरिएको क्यान महासंघ दाङले जनाएको छ ।


त्यस्तै सूचना प्रबिधि दिवसको अवसरमा क्यान महासंघ दाङले तेरौटे बृद्धाश्रममा फलफूल, विस्कुट र ग्लुकोज वितरण गरेको छ ।


त्यस्तै सूचना प्रबिधि दिवसको अवसरमा क्यान महासंघ दाङले रक्तदान पनि गरेको छ । सो क्रममा भीमसेन गिरी, कर्णबहादुर पुन, पवन अधिकारी, शालिकराम खनाल र भेषराज भण्डारीले रक्तदान गर्नुभएको थियो ।

Facebook Comments