• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसइइ दिने विद्यार्थीलाई दूरशिक्षा अध्ययनमा सहयोग पुर्याउन गाउँपालिकाद्वारा रेडियो वितरण




रोल्पाको लुङग्री गाउँपालिकाले लकडाउनका कारण पढ्न नपाएका विद्यार्थीका लागि रेडियो शिक्षा कार्यक्रम सुन्न सहज होस् भनेर रेडियो हस्तान्तरण गरेको छ ।


सामाुदायीक रेडियो मालश्रीबाट रेडियो शिक्षा कार्यक्रम बैशाख १५ गतेदेखि सञ्चालनहुँदै आएकोमा धेरै विद्यार्थीले रेडियोको अभाव भएको बताएपछि रेडियो वितरण गरिएको लुङग्री गाउँपालीकाका अध्यक्ष दुर्गावहादुर खड्काले जानकारी दिनुभयो ।


हरेक दिन विहान १० वजे देखि ११ बजे सम्म रेडियो शिक्षा कार्यक्रममार्फत एसइइको तयारी कक्षा सञ्चालन भइरहेको । अङ्ग्रेजी, गणित र बिज्ञान विषय पढाई भइरहेको छ । अप्रत्यक्ष रूपमा पढाई हुने हुदा कसैसँग रेडियो हुनसक्ने, कसै संग नहुनसक्ने भएकाले गाउँपालिका भित्र रहेका सात वटा वडाका सात माध्यमिक बिधालयका ३ सय ३५ बिद्यार्थीलाई एक एक पिस रेडियो र सात वटा विधालयलाई सात वटा गरी ३ सय ४२ वटा रेडियो निःशुल्क वितरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।


रेडियो वितरण कार्यक्रममा गाउँपालीका उपाध्यक्ष भिमकला वुढाथोकी, प्रमुख प्राशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी, शिक्षा प्रमुख पूर्णप्रसाद उपाध्याय, सरस्वति मावि लुङग्री १ पाङ दाइवाङ प्रअ उमेश पुन, गोकुल मावि लुङग्री २ सिर्पका प्रअ गणेश रिजाल, सामाजिक मावि लुङग्री ३ धनेखर्क जुतुङ खोलाका प्रअ खगेन्द्रबहादुर खड्का, गौरीशंकर मावि लुङग्री ४ ठूलोनम्जाका प्रअ तुलबहादुर खड्का, व्रहाक्षेत्र मावि लुङग्री ५ किलाचौरका प्रअ पूर्णचन्द्र खड्का, जनज्योति मावि लुङग्री ६ गुम्चालका निमित्त प्रअ तिलक केसी र नेरा मावि लुङग्री ७ हार्जङका निमित्त प्रअ निमवहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments