• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तरकारी बजार पनि खुल्न दिन ब्यवसायीको माग, गैरब्यापारीलाई अनुमति दिएकोमा बिरोध





कृषि उपज बजार सञ्चालक समिति घोराहीले बजार खुल्ने दिनमा कृषि बजार पनि खुल्न दिन माग गरेको छ ।


समितिका अध्यक्ष गुलाम रसुलले विज्ञप्ति जारी गरी दाङ उद्योग वाणिज्य संघले गैरब्यापारीलाई होम डेलिभरिका लागि पास दिएपछि तरकारी ब्यापारीलाई खान बस्न समस्या हुन थालेकाले पसल खुल्न दिने वातारण बनाउन माग गर्नुभएको छ ।

जिल्ला प्रशासनको नियमअनुसार बजार दिनमा दिनमा सामाजिक दूरी कायम गरी तरकारी बजार खोल्न दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्ता पसलबाट स्थानीय उत्पादनलाई मात्रै विक्रीको ब्यवस्था मिलाउन पनि माग गरिएको छ ।

त्यस्तै होम डेलिभरि प्रदान गर्ने कृषि उपज बजार सञ्चालक समितिका ब्यवसायीलाई उद्योग वाणिज्य संघका पदाधिकारीले कार्यालयमा लगेर कुटपित गरेको घटनामा कारवाही नभएको भन्दै कारवाहीको माग गरिएको छ ।

बिरोध गर्दा मुद्दा चलाइयोः मुश्लिम संगठन
यसैबीच मुस्लिम संगठन दाङले छुट्टै विज्ञप्ति जारी गरी संगठनका केन्द्रीय सचिवालय सदस्य कुतबुद्दिन फारुकीले सामाजिक सञ्जालबाट जनसरोकारका आवाज उठाउँदा उद्योग वाणिज्यले साइबर क्राइम मुद्दा गर्दा गरिएको भन्दै बिरोध जनाएको छ ।

उहाँले सामाजिक सञ्जालबाट तकारी ब्यापारमा कालोबजोरी भएको आवाज उठाउँदै आएको सो संगठनले जनाएको छ । संगठनका संयोजक अताउल गनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइन्दा यस्ता गतिबिधि नगर्न र मुश्लिम समुदायलाई नहेप्न आग्रह गरिएको छ ।

Facebook Comments