• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब भूमे पर्वमा रोल्पा र रुकुमपूर्वमा सार्वजनिक विदा





प्रदेश ५ सरकारले यो बर्ष दिने यो बर्ष दिने सार्वजनिक विदा तय गरेको छ ।


बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बकरइद, माघीको माघ १ गते र २ गते, प्रदेश स्थापना दिवसमा फागुन ३ गते रस्थानीय तहलाई एक दिनस्थानीय तहकै निर्णयबाट गर्ने गरी विदा तय गरएको छ ।


त्यस्तै निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदाअन्तर्गत भूमे पूजाको विदा रुकुमपूर्व र रोल्पामा दिइने छ भने बडकवा अतवारीमा थारु समुदाय तथा भगवती जात्राको विवाद पाल्पामा दिइने छ ।


बैठकले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णय गरेको छ । त्यस्तै कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपद व्यवस्थापन समितिलाई तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैंया दिने निर्णय बैठकले गरेको छ ।

Facebook Comments