• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिरामी खोज्दै घर घरमा वडा सरकार





रुकुमपश्चिम मुसिकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष नवीन ओलीले आफ्नो वडामा स्वास्थ्यकर्मीसहित घर घरमा गएर विरामी जाँच अभियान चलाउनुभएको छ ।


समुदायको स्वास्थ्य अवस्था, अशक्त अपांगता, जेष्ठ नागरिक तथा सुत्केरी र गर्भवती महिलालगायत दीर्घ विरामीले प्रयोग गरिरहेको औषधिको अवस्था र अन्य वडाबासीकोसमस्याहरुको बारेमा जानकारी लिने र बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोनोरा भाइरसबाट बच्नको लागि अपनाउनुपर्ने उपायबारे सचेत बनाउने अभियानको उद्देश्य रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।


पाकिरहेको बाली भित्र्याउनको लागि आवश्यक सुझाव दिने कामको थालनी तथा समान्य रुघाखोकी लागेकाको स्वास्थ्य चेकजाचको काम वडा अध्यक्षकै अगुवाइमा शुरु गरिएको छ ।


सो अभियान स्वारा। कुन्सिम्ला र चौखावाङ टोलबाट सुरु गरिएको छ । यो अभियान १२ गते होल लिङगुर टोल,१३ गते कामीगाउँ टोल र १४ गते होलतारा अदुवारी टोलमा अभियान सन्चालन गर्ने वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

घर घरमा गएर स्वास्थ्य चेकजाँच र अन्य वडाबासीका समस्या बुझनको लागि वडा अध्यक्ष नवीन ओली, सम्बन्धित टोलका वडा सदस्य र स्वास्थ्य चौकी इन्चार्ज डिल्लीराज बोहरा सहभागी रहनुभएको छ ।

Facebook Comments