• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरको ब्यवस्थापनमा साढे एघार सय यात्रु गन्तव्यमा




विभिन्न जिल्लाबाट मजदुरी गरेर घर फर्कन लागेका साढे ११ सय यात्रुहरुलाई घोराही उपमहानगरपालिकाले बसको व्यवस्था गरेर गन्तव्य तर्फ पठाएको छ ।

काठमाडौ, हेटौडा, लमजुङ, नुवाकोट, ताप्तेजुङ, भक्तपुर, ललितपुर, तनहु, गोर्खा लगाएतका दर्जनौ जिल्लाबाट घर फर्कने क्रममा घोराही उपमहानगरको क्षेत्र भित्र आईपुगेका एक हजार एक सय ६० जना यात्रुलाई गाडीको व्यवस्था गरेर गन्तव्य तर्फ पठाएको हो ।

बैशाख ६ गते देखी निरन्तर अहिले सम्म तुलसीपुर सम्म ९ वटा बसमा ६ सय ९० जना र रोल्पाको होलेरी सम्म ७ वटा बसमा ४ सय ७० जना मजदुरहरुलाई पु¥याईएको उपमहानगरका बाताबरण तथा विपत व्यबस्थापन समिति संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

बस, ट्रक तथा अन्य सवारीका साधनले ल्याएर छोडेका, हिड्दै आएका मजदुर यात्रुहरुलाई उपमहागनरले बसको व्यवस्था गरेर तुलसीपुर र रोल्पा होलेरी सम्म पु¥याउदै आएको छ । कुईरेपानीमा मजदुरहरुलाई खाजा तथा पानीको समेत व्यवस्था गरि ज्वरो समेत मापन हुदै आएको संयोजक डाँगीले जानकारी दिनुभयो ।

कुनै पनि जिल्लाका मजदुरहरुलाई घोराहीमा आईपुगेर अलपत्र पर्न नदिने भन्दै नगर प्रमखु नरुलाल चौधरीले जनस्वास्थ्य प्रबद्र्धन शाखा र बाताबरण तथा विपत व्यवस्थापन शाखालाई निर्देशन दिनुभएको छ । मजदुरको स्वास्थ्य जाँच र गन्तव्य सम्म पठाउन आबस्यक गाडीको व्यवस्था मिलाउन प्रमुख चौधरीले संयोजक डाँगीलाई जिम्मेवारी दिनुभएको छ । उपमहानगरले मध्यरातम समेत यात्रुहरुलाई गन्तव्य तर्फ पठाउने व्यवस्था गरेको जनाएको छ ।

Facebook Comments