• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संकट ब्यवस्थापनमा विद्यार्थी नेताको सक्रियताः युवाले नेतृत्व गरेपछि राहत वितरण पारदर्शी




जिल्लामा जनप्रतिनिधिहरुले नै राहत वितरण गर्न मरिहत्ते गर्ने गरेको अबस्थामा दाङको एउटा वडाले भने युवालाई राहत वितरणको जिम्मा दिएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ ले युवाहरुको सर्वपक्षिय, सर्बदलिय समिति बनाएर युवाहरुकै पहलमा वडामा राहत वितरण गरिएको छ ।

वडामा भएको सर्वपक्षिय, सर्वदलिय भेलाले अनेरास्ववियू दाङका नेता गिरबहादुर महराको नेतृत्वमा २० जना युवाहरुलाई राहत व्यबस्थापन तथा वितरणको जिम्मा दिएको थियो ।

राहत वितरणको जिम्मा पाएपछि आफुहरुले वडाका सबै टोल विकास संस्थाका पदाधिकारी तथा समाजका अगुवाहरुसंग समन्वय गरि अत्तिविपन्न, गरीब घरपरिवाको सूचि तयार पारेर राहत वितरण गरेको महराले बताए । “ हाम्रो वडामा युवाहरुलाई राहत वितरणको जिम्मा दिईयो, राहत पाएपछि हामीहरु प्रत्येक टोलका पदाधिकारी तथा अगुवाहरुसंग समन्वय ग¥यौं” उनले भने“ यसले गर्दा बास्तविक सबै गरीब तथा अत्तिविपन्नले राहत पाए, विवादरहित ढंगले राहत वितरण ग-यौं ।’ लकडाउनले गर्दा दैनिकी चलाउन धौ–धौ भएका वडा भित्रका ४२ वटा टोलका सबै जनाको पहिचान गरि राहत वितरण कार्य समेत गरिएको उनले बताए ।

उनका अनुसार वडाका ५ सय ३६ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो । ति घरपरिवारलाई चामल, दाल, नुन, तेल, साबुन उपलब्ध गराईएको हो । वडाले १० हजार ६ सय किलो चामल, ५ सय ३६ किलो दाल, २ सय ६८ लिटर तेल, ५ सय ३६ किलो नुन र ७ सय ६ पिस साबुन वितरण गरिएको वडाध्यक्ष भिमबहादुर सार्कीले बताए । युवाहरुले जिम्मेवारी पाए हरेक काम प्रभाबकारी हुने घोराहीका युवा नरेन्द्र पुन (पुन काजी) ले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

साथै राहत वितरण कार्य स्वच्छ, प्रभाबकारी तथा मर्यादित भएका राजनीतिक दलका प्रतिनिधीहरुले प्रतिक्रिया दिएका छन् । वडाध्यक्ष भीमबहादुर साकीले पनि वडामा निश्पक्ष ढंगले प्रभाबकारी रुपमा राहत वितरण भएको प्रतिक्रिया दिए । वडामा युवाहरुले राहत वितरण तथा ब्यबस्थापन गरेको र वडाले त्यसको अभिभावकत्व ग्रहण गर्ने कार्य गरेको थियो ।

Facebook Comments