• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोनाविरुद्ध तीनै तहका सरकारले युद्धस्तरमा काम गर्नुपर्छः पूर्वमन्त्री श्रीपाली




विभिन्न समस्या र अभावका बीचबाट कोरोना संक्रमण विरुद्ध रुकुमपूर्वका स्थानीय सरकार र विभिन्न निकायहरूले सामाना गरिराखेका छन् । तीन वटै स्थानीय तहले राहत वितरण र कोष स्थापनाको साथै विभिन्न काम गरिराखेका छन् । औषधि, स्वास्थ्य सामाग्री लगायतमा प्रदेश र संघीय सरकारले पनि आवश्यक साथ सहयोग दिइराखेका छन् ।

सराकारले आफ्नो काम कर्तव्य दिदृका साथ कोरोना भाइरसको संक्रमण, रोकथाम र नियन्त्रणका काम गरिराखेको दाबी गरे पनि सरकारको प्रयास र तयारीमाथि आलोचना भइरहेको छ । सरकारले घोषणा गरेको राहत प्याकेज पनि पर्याप्त नभएको गुनासो छ । यिनै विषयमा नेकपाका केन्द्रीय युवा नेता एवं पूर्वमन्त्री दलजित श्रीर्पाली ‘प्रशान्त’सँग जयमान बुढा मगरले गरेको कुराकानीः–


मुलुक अहिले लकडाउनमा छ, सबै अहिले शिथिल झैँ देखिन्छन् ? तपाईं कहाँ के गर्दै हुनुहुन्छ ?

यतिबेला विश्वमानव समुदाय माथि ठूलो बज्रपात भएकोछ । कोरोना भाइरस (कोभिड–१९) जस्तो अदृश्य प्राणघातक महामारी रोगले लाखाँै मानिसको ज्यान लिइसकेकोछ, लाखौँ संक्रमित छन्, अझैँ कतिले ज्यान गुमाउनु पर्ने हो अनुमान गर्न सकिदैन् । विश्वमानव जगत ज्यानमारा कोभिड–१९ बाट थिलुथिलु परेकोछ, मान्छेको दैनिक कामकाजलाई अस्तव्यस्त बनाइदिएको छ ।


नेपाल सरकार, सरकारका आधिकारिक निकायहरूबाट गरिएका लकडाउनका कार्यमा सबैले पालना गर्नुपर्ने आह्वान र अपिललाई कडाइपूर्वक कार्यन्वयन गर्ने र गराउने, आफू ‘पनि बांच्ने , अरुलाई पनि बचाउने’, नेपाललाई संक्रमण हुनबाट बचाउन मद्दत हुने गरी लकडाउन सफल पार्नमा म ‘सेल्फ होम क्वारेन्टाइन’मा परिवारसंगै बसीरहेको छु । परिवारसंगैको बसाई, अध्ययन, लेखन, जनप्रतिनिधि, कार्यकर्ता, र जनतासंग क्वारेन्टाइनका अनुभव सञ्चार माध्यमबाट साटासाट गर्दै र आफूले सकेको जनतालाई सहयोग गर्दै दिन विताई राखेको छु ।


आफ्नो जिल्लाबासीलाई कोरोना संक्रमण हुन नदिनमा कतिको चिन्तित हुनुहुन्छ ?


सुक्ष्म अदृश्य प्राणघातक महामारीबाट दिनप्रतिदिन हजारौ मानिसको ज्यान गइरहेका छ, हजारौं संक्रमित, जनजीवन अस्तव्यस्त भएको अवस्था छ । यो गम्भीर पिडादायक क्षणबाट नेपाल अछुतो छैनन् फैलिदो र संभावित संक्रमणको खतराबाट चिन्तित नहुने कुरै भएन् । विकट दुर्गम बस्तीमा जनता बिरामी पर्दा उपचार गर्न सक्ने एउटा सुविधायुक्त अस्पताल छैनन्, स्वास्थ्य केन्द्रमा

स्वास्थ्यकर्मीको खोजेको बेला पाईदैनन् । औषधी, सामग्रीको अभाव छ यावत कुरामा चिन्तित छु । सबै व्यवस्था गर्ने चाहना हुदा हुँदै पनि साधन श्रोतको अभाव छ । हाम्रो जिल्लाबासीको लागि म हरक्षण चिन्तित छु र पहलकदमीका काम गरिराखेको छु ।


एक पूर्वमन्त्रीको हैसियतमा तपाईंको सुझाव के छ, संकटको बेला सरकारले कसरी काम गर्नुपर्छ ?


राष्ट्रिय संकट पैदा भएको बेला सरकारले समस्यालाई साझा मुद्दा बनाई सवैको भावना र विचारको प्रतिनिधित्व हुने गरी सर्वदलिय संयन्त्रद्वारा समस्याको समाधान गर्न सक्नु पर्छ । विगतको संकटका सफलताका केही नजिरहरू पनि छन् । लकडाउनलाई सफल पार्न सिमा नाका, खुल्ला सिमानाबाट मानिस आवतजावतमा कडाई गर्न सुरक्षाकर्मी नै तैनाथ गर्नु पर्छ । क्वारेन्टाइनको व्यवस्था गरी स्वास्थ्य चेकजाँच तीव्र पार्नु पर्छ । सुरक्षाका निति तयार गरी कृषि उत्पादन, खेतीपातीका काममा लाग्ने वातावरण बनाउनु पर्छ यसो गर्दा संभावित भोकमरीबाट बच्न सकिन्छ ।


स्थानीय तहबाट विवरण लिइ प्रदेश सरकारमार्फत केन्द्रीय सरकारसंग माग गर्ने र सोही अनुसार केन्द्रीय सरकारबाटै खाद्यन्न खरिद गरी अन्न भण्डारण सहित मागअनुसार कम्तिमा छ महिना पुग्ने गरी राहत वितरण गर्नु पर्छ ।


रोग लाग्नु अघिको तयारी अर्थपूर्ण र महत्व हुन्छ , क्षेतिपछि पछुताएर अर्थ रहदैन् । सरकारले कोरोना भाइरस विरुद्ध लडन र विजयी प्राप्त गर्न चुनौती छ तैपनि आत्मनिर्भर मार्ग अपनाउनु पर्छ भन्न चाहन्छु ।


जनताले दुःखको घडीमा नेता हामीसँग भएनन् भनेर गुनासो गरेका छन् ?


महामारी सरुवा रोग नियन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेको छ । यतिबेला नेताले जनता र जनताले नेतालाई सम्झने, साथ दिने र सहयोग गर्ने बेला हो । भौतिक रूपमा उपस्थिति नहुदा जनताले गुनासो गर्नु स्वाभाविक नै हो । संघ, प्रदेश, स्थानीय सरकारका कोही न कोही जनप्रतिनिधिहरू जनताकै बीचमा छन् । जनताले विश्वास गरेका नेताहरूको भौतिक रूपमा नियमित उपस्थितिको अभावमा जनताले सम्झिनु सकरात्मक विषय हो । नेता जनताको सेवक हो त्यसैले हामी टाढा छैनौँ ।


कोरोनासँग लड्नको लागि यस जिल्लामा स्वास्थ्यकर्मीको लागि सुरक्षा सामाग्री जस्ता आवश्यक चेकजाँच सामाग्री पर्याप्त छैन्, यहाँका नागरिकलाई किन वेवास्ता हो ?


कोरोना भाइरसको निर्मुल गर्ने औषधी नै पत्ता लागि नसकेको र स्वास्थ्य स्थिति पनि कमजोर भएको अवस्थामा नेपालमा झन यसको अभाव नै छ । जनताको लागि स्वास्थ्य सामाग्री खरिदमा समेत जिम्मेवार निकायको लापरवाही देखिएको नकरात्मक समाचार आइरहेका छन् । भएका साधन श्रोतहरू पनि समयमा सही ढंगले वितरण भएको पाइदैन् । जनप्रतिनिधी कहाँ माग फाइल दराजमा थन्किएका छन् या डस्विनमा फ्यांकिएका छन् त्यो थाहा छैन् । नियमसंगत र आवश्यकता अनुसार सामग्रीहरू उपलब्ध नभएको गुनासो व्यापक छ । नियमसंगत र आवश्यकताअनुसार गरिने भएको भए पीसीआर र ¥यापिड डाईग्नोस्टिक टेष्ट यतिबेलासम्म जिल्लाले प्राप्त गरिसक्थ्यो । माथि भएको लापरवाहीले तल वेवास्ताको अनुभुती भएको हो । त्यसमा सरकार र सम्बन्धित मन्त्रालयले विशेष ध्यान दिन आवश्यक छ ।


यो अवस्थामा कोरोनाको संक्रमणबाट सिंगो देशलाई बचाउन तपाईले दिने सूत्र के हो ?

कोरोना भाइरस विश्व मानव समुदायकै दुश्मन हो । यसलाई पराष्ट गर्न यतिबेला नेपालमा लकडाउन छ, जुन स्वागतयोग्य छ । तीनै तहका सरकारले युद्धस्तरमा काम गर्नुपर्छ अन्य राजनीतिक पार्टीले पनि सरकारलाई जे मद्दत चाहिन्छ, त्यो गर्नुपर्छ । यो संकटको बेला गलत मनसाय राखेर काम गर्ने जो कोहीलाई पनि नेपाली जनताले माफ गर्नेछैनन् । सरकारले इमानदारी देखाउने बेला पनि यही हो । ‘लकडाउन पालन गरौं, आफु पनि बांचौ र अरुलाई पनि बचाऔ, देशलाई संक्रमण हुनबाट बचाउन मद्दत गरौं ।’

Facebook Comments