• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अलपत्र यात्रुको उद्धारमा दाङले देखायो नमूनाः घोराही र तुलसीपुरको अब्बल ब्यवस्थापन





विभिन्न स्थानबाट आएर अलपत्र परेका नागरिकलाई उद्धार गरेर गन्तव्यमा पुर्याउन दाङले नमूना देखाएको छ । विभिन्न जिल्लबाट दाङ प्रवेश गरेकाहरुलाई रोकेर उनीहरुलाई गाडीबाट गन्तव्यमा पु¥याउने काम भइरहेको छ ।


यसमा घोराही र तुलसीपुर उपमहानगरपालिकाले अगुवाइ गरेका छन् । तुलसीपुरले उद्योग वाणिज्य संघ, यातायात प्रालि आदिको सहयोगमा केही दिनअघिदेखि नै मेस चलाएर खानासमेतको ब्यवस्था गरी गन्तव्य पठाउने गरेको छ भने घोराहीले कुहिरेपानीमै यात्रु रोकेर गाडीको ब्यवस्था गरी पठाउने गरेको छ ।

घोराही उपमहानगरले आइतवार मात्रै तीन गाडी रोल्पाको होलेरीसम्म पठाएको छ भने सल्यान र रुकुम जानेका लागि तुलसीपुरम्म छाड्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँसहित जनप्रतिनिधिहरु फिल्डमै खटिनुभएको छ ।

घोराही उपमहानगरपालिकाले कुहिरेपानीमै खानेपानीको ट्यांकरसमेत खडा गरेको छ ।


सोमवार काठमाडौंबाट रोल्पाका लागि आएका ६ वटा गाडीलाई सोझै रोल्पातर्फ पठाइएको घोराही उपमहानगर विपद् ब्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

उनीहरु घोराहीसम्मका लागि भनेर आए पनि यहाँ ओरालेर नयाँ गाडीमा पठाउनुभन्दा चढेकै गाडीमा तेलको ब्यवस्थापन गरेर पठाउनु सहज हुने भएकाले त्यसतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो ।

घोराही उपमहानगरले कुहिरेपानीमै ज्वरो नाप्ने ब्यवस्था मिलाएको छ भने खाजापानीका लागि युवाहरुलाई स्वयंसेवकको रुपमा पनि खटाएको छ ।


तुलसीपुरमा अहिलेसम्म चार सय बढीलाई खानाको ब्यवस्थापन गरेर गन्तव्यबाट पठाइसकेको उपमहानगरका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा खानाको ब्यवस्था गरिएको र त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले यातायात सेवा दिएको उहाँले जानकारी दिनुभयो ।

अलपत्र यात्रुको ब्यवस्थापनका लागि दाङमा राजनीतिक दलका नेता कार्यकर्ता र कुनै सार्वजनिक जिम्मेवारीमा नभएका नागरिक पनि स्वयंसेवीको रुपमा खटिएका छन् ।

Facebook Comments