• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि





नेपालमा आज एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको थियो ।

उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप यकिन गर्न नमुनालाई काठमाडौं पठाइएको थियो । काठमाडौंमा पनि पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयलाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

चितवनको राप्ती नगरपालिकाकी कोरोनाको संक्रमण देखिएको बेलायतबाट आएकी महिलाले गाउँमा चकलेट बाँडेको खुल्न आएको छ।

उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिनुभयो ।

‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ। चितवन के मा आए, काठमाडौंमा कहाँ बसे केही पनि बताएका छैनन्,’ थपलियले भन्नुभयो– ‘लकडाउनपछि नगरपालिकाले विदेशबाट आएकाहरूको नाम टिपोट गर्न सर्कुलेनस जारी गरेपछि हामीले उहाँहरूकै घर गएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौं।’

उक्त परिवारले वडाको निर्देशन मानेर १ महिनादेखि नै क्वारेन्टाइनमा बसे पनि विदेशबाट आउने बित्तिकै गाउँलेलाई चकलेट बाँडेको थपलियाले बताउनुभयो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको बताउनुभयो ।

Facebook Comments