• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकामा ११ जना क्वारेनटाईनमा




दाङको बंगलाचुली गाउँपालिकाले थप ३ जनालाई क्वारेनटाईनमा राखेको छ । उनीहरुलाई शुक्रबार बंगलाचुली गाउँपालिकाको वडा नं.–४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा राखिएको हो ।

बंगलाचुली गाउँपालिका वडा नं. ५ उपल्लो मुर्कुटी घरभएका ३ जनालाई क्वारेनटाईनमा राखीएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । उनिहरु मध्य दुई पुरुष र एक महिला रहेका छन् ।

उनिहरु पर्वत जिल्लाको कुस्मामा ज्यामी काम गर्न गएको र घर फर्कने बेला पर्वत देखि हिडेर गुल्मी पुगेको त्यसपछी घोराही सम्म गाडीमा आएको बुझीएको छ । उनिहरुलाई कोरोनाको जोखिम नहोस् भनि क्वारेन्टाईनमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।

अब झुलीडाँडा क्वारेन्टाईनमा बस्नेहरुको संख्या १० पुगेको छ ।भने उता बंगलाचुली ८ मा रहेको जनकल्याण प्रा.वी. हंसपुर क्वारेन्टाईनमा एकजना गरी बंगलाचुली गाउँपालिकामा जम्मा क्वारेनटाईन बस्नेको संख्या ११ जना पुगेको छ ।

Facebook Comments