• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चीनमा कोरोनाबाट ज्यान गुमाउनेमा १२९० जना थपिए




चिनियाँ अधिकारीहरुले कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्यामा शुक्रबार संशोधन गरेका छन् ।

शुक्रबार चिनियाँ अधिकारीहरुले वुहानमा मृत्यु हुनेको संख्यामा परिमार्जन गर्दै एक हजार २ सय ९० जना थप गरेको छ। परिमार्जन गरिएको तथ्यांकसहित वुहानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ।

साथै चिनियाँ अधिकारीहरुले संक्रमितको संख्यामा परिमार्जन गर्दै ३२५ जना थप गरेको छ। शुक्रबार बिहानसम्म वुहानमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

चिनियाँ अधिकारीहरुले ‘इतिहास र पीडितप्रतिको जबाफदेहिता’ देखाउँदै तथ्यांक परिमार्जन गरिएको बताएका छन्।

चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणको सुरुवाति दिनमा केही व्यक्तिको घरमै मृत्यु भएकाले संख्या छुटेको हो।


त्यस्तै कोरोना भाइरसको संक्रमण रोक्न चिकित्सक तथा अधिकारीहरु केन्द्रित भएकाले मृत्यु हुनेको तथ्यांक छुट्न पुगेको चिनियाँ अधिकारी स्पष्टीकरण दिएका छन्।


त्यस्तै कोरोना भाइरसको महामारीका बेला केही गलत र दोहोरिएका रिपोर्टिङले पनि सही संख्या नआएको चिनियाँ अधिकारीले दाबी गरेका छन्।


अन्तर्राष्ट्रिय स्तरबाट कोरोना भाइरसबाट संक्रमित हुने र मृतकको संख्या पारदर्शी ढंगले प्रस्तुत नगरेको आरोप लगाइरहेका बेला चीनले तथ्यांक सच्याएको हो।

परिमार्जित तथ्यांकअनुसार शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ८३ हजार ७ सय ५३ रहेको छ। त्यस्तै संक्रमितमध्ये ७७ हजार ५ सय ३ जना निको भएको पनि चिनियाँ अधिकारीले जनाएका छन्।

Facebook Comments