• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वसभामुख महराद्वारा एक सय बोरा चामल सहयोग, जिल्ला विपद् ब्यवस्थापन कोषमा जम्मा





पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गर्नुभएको छ । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल बुझाउनु भएको हो ।

कोरोना भाइरस (कोभिड– १९)ले विश्वलाई नै आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन । मुलुक यतिबेला लकडाउनमा रहेको र विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर र विभिन्न कारणले चुलो नै लक्ड हुने अवस्थाका नागरिकहरुलाई उक्त चामल जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ ।

पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदूरहरुको छाक नबसोस भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएको बताउनु भयो ।

‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’

Facebook Comments