• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः कोरोनाले मान्दैन, गरीब धनि भन्दैन





रोग त धेरै भित्रिए बिश्वब्यापी नै भित्रिए
कति ब्याक्टेरियाजन्य त कति भाइरस जन्य थिए
कतिले ठूलो अस्पतालमा ठूला विशेषज्ञको सहायता लिए
कति आफ्नै शक्तिले महिनौ थलियर उठेका थिए

ती रोगको सामाना गर्ने विधि भने नितान्त फरक थियो
तर कोरोना आयो सबैलाई समान हैसियतको बनाइदियो

कुनैबेला झाडापखाला गरिब सुकुम्बासी वस्तीमा भित्रिदा
कतिले भने दुषित पानी, कतिले भने खानपान ध्यान नदिंदा
कोरोना भने चीन, इटलि, स्पेन, अमेरिका हुदै आज पुग्यो नेपाल
पहिचान भयो औषधि भएन, बिश्वमा सबैलाई बनायो बेहाल

कोरोना आयो र त धनी गरिब, सबैको एउटै चाल
एकान्तबाँस र आईसोलेसनले बनायो बेहाल

कोरोनाले नै समाजमा आडम्बर देखाइ छाति फुलाउनेलाई
गरिब निरीह झै लुसे बनाएको छ धनि ठूलाठालु मान्छेलाई
हिजो जातको नाममा छुत अछुत भन्नेहरु पनि आज सबैलाई
उसकै परिवारसँग पनि अछुत झै बनाएको छ आफैलाई
बैज्ञानिकलाई समेत चुनौती दिदा, निरीह बनेका छौं हामी
भयभित र सशंकित छन सबै, चल्नै छाड्यो पण्डितको पानी

ए जातीयय, वर्गीय, लिंगीय बिभेदकारी सोचका मान्छेहरु सबैले
कोरोनासँग लड्न तिम्रो विभेदले किन सकेन बुझ आफैले
सबैको रगत तातो र रातो नै हुन्छ जान्नु बुझ्नुपर्छ सबैले
के छुत र अछुत सिकायो कोरोनाले सिक आफैले

न तिम्रो बिलासिता लड्यो, न मेरो पसिनाले बगाइदियो
आखिर कोरोनाले तिमी र म सबैलाई बराबर बनाइदियो ।

आपतकालमा संयम बनौ, नगरौ लुछाचुडी र नमारौ बुर्कुसी
मानवीयता हुँदै होइन, कोही रुँदा कोही हुने प्रफुल्ल खुशी

एकान्त बास नै क्वारेन्टाइन, आत्मबल नै कोरोनाको औषधि
लकडाउनको पालना गरौ, नगरौ भिडभाड नघुमौ आफू खुशी

कोरोनाले मान्दैन, गरिव धनी भन्दैन, गाउँ त्यो ठूलो शहर
लापरवाही बन्ला फेरि इटली स्पेन झै लासैलासको लहर

Facebook Comments