• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अड्डासार गर्दै यसरी भित्रन्छ भारतीय तरकारी





भारतमा कोरोनाको संक्रमण बढिरहे पनि कतिपय ब्यापारीले नाफाका लागि कोरोनाको बेवास्ता गर्दै भारतीय तरकारी भित्र्याउने गरेको पाइएको छ । यसरी लुकीछिपी दाङ भित्र्याइएको ८५ क्यारेट टमाटर आज नष्ट गरिएको छ ।


भारतबाट ठाउँठाउँमा पल्टी गर्दै कृष्णनगर, चन्द्रौटाहुँदै दाङ ल्याएर बेलदमारको जंगलमा लुकाइरहेको सो परिणामको टमाटर दाङ उद्योग वाणिज्य संघको अगुवाइमा नियन्त्रणमा लिएर घोराही ४ सिस्नेखोलामा नष्ट गरिएको हो ।


घोराही–लमही सडकखण्डको बेलदमारस्थित सडकभन्दा भित्र जंगलमा एउटा ट्रक लुकाइराखेको सूचनाप्राप्त भएपछि गएको टोलीले नियन्त्रणमा लिएको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायप्रसाद भुसालले जानकारी दिनुभयो ।

सो ट्रकका चालकले शुरुमा नेपालगञ्ज जान भनेर आएको तर बाटो फरक परेको, तेल सकिएकाले तेल भर्न आएको, किसानबाट लिएको जस्ता बहाना गरे पनि अन्ततः भारतबाटै आएको पुष्टि भएपछि स्थानीय सरकारसहित सर्वपक्षीय सहभागितामा टमाटर नष्ट गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । बरामद गरी नष्ट गरिएको टमाटरको बिल छैन भने कसले मगाएको हो भन्ने पनि खुलेको छैन ।


साह फ्रूट ट्रेडर्स कृष्णनगरले पठाएको खुले पनि यहाँ आयात गर्ने ब्यापारीको पहिचान खुलेको छैन । चालकले ‘कैलाश साहुजी’ भने पनि उनको मोबाइल अफ रहेकाले सम्पर्क हुन सकेको छैन ।
केही दिनदेखि नै भारतीय फलफूल र तरकारी आउने गरेको पाइएको थियो ।

भारतीय फलफूल आएको थाहा पाएपछि चैत २३ गते फलफूल सिल गरिएको थियो । त्यसपछि दाङ उद्योग बाणिज्य संघको ब्यानरमा तुलसीपुरको तरकारी बजारमा भारतीय तरकारी आउने गरेको खुलेको थियो ।

आफूहरुको ब्यानर दुरुपयोग गरी भारतीय तरकारी तुलसीपुर ल्याउने र त्यसपछि तुलसीपुरबाट घोराही ल्याउने गरिएको खुलेपछि सो गाडी इलाका प्रहरीलाई नियन्त्रणमा लिन अनुरोध गरेको र जिल्ला प्रहरीमा निवेदनसमेत दिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

यसअघि फेला परेको केही भारतीय तकारी तत्काल निकाल्न नपाउने गरी चिस्यान केन्द्रमा राख्न लगाइएको पनि उहाँले बताउनुभयो ।

Facebook Comments