• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउन र हाम्रो समाज





कोरोना भाइरस (कोभिड १९ ) को संक्रमनले गर्दा अहिले विश्व समुदाय नै उच्च जोखिममा रहेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभरी नै महामारीको रुपमा फैलिएको छ । यो भाइरसले गर्दा हालसम्म १९ लाखभन्दा बढी संख्यामा संक्रमन देखिए छ भने ज्यान गुमाउनेको संख्या १लाख १९ हजार ५०० भन्दा बढी पुगिसकेको छ । यो नयाँ भाइरसका बिश्व नै लकडाउनको परिस्थितिमा रहेको छ ।


त्यसमा नेपालले पनि तेस्रोपटकको लकडाउनको सामाना गरिरहेको छ भने हालसम्म कोरानाको संक्रमित संख्या १४ पुगेको छ । नेपालमा पनि बिस्तारै कोरानाको थप उच्च जोखिमको घेराभित्र बाधिदै छ । यो भाइरस न्यूनीकरण तथा नियन्त्रणका गर्न लागि हाम्रो देशमा थप लकडाउन हुन जरुरत छ । र, छेमेकी देशमा खुल्ला सिमाना भएका कारणले गर्दा पनि हामी अत्यन्तै जोखिममा पनि छौ । यो राष्ट्रिय संकटको बेलामा तपाईं हामी आफू कसरी बाच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा चिन्तित र सजग हुन आबश्यक छ ।


यो लकडाउनको समयमा शहर बजारहरु ठ्प्प छन् । अधिकांश मानिसहरु घरभित्र बसेर दिन बिताइरहेका छन् । कति श्रमिकहरुले भोकभोकै दिनरात काटिरहेका पनि छन् । सरकारले यो संकटको बेलामा ज्याला, मज्दुरी गरेर छाक टार्ने गरिब तथा अति बिपन्न बर्गका लागि राहत बितरण गरिरहेको छ । अझै राहतलाई ब्यबस्थित गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार कस्सिएको पाइन्छ ।

यो भाइरसले गर्दा अधिकांश मानिसहरु बाचिन्छ कि मरिन्छ भन्ने चिन्तामा उत्तिकै छन् । सरकारले यो लकडाउनको समयमा घरबाट बाहिर ननिस्कने, भिडभाड नगर्ने ,सामुहिक रुपमा नड्ने लगाएतका निर्देशन दिएको छ । यी यस्ता निर्देशन शहरी क्षेत्रमा पुर्ण रुपले पालना भएको पाइन्छ । र, गाउँघरमा सधै लकडाउनकै घेराभित्र छ भनौ ।

सरकारले तेस्रोपटक गरेको लकडाउन पनि सकिन लाग्यो र अझै थप होला सायद । तर , पहाडी जिल्लाका अतिकांश क्षेत्रमा भने लकडाउनले छोएन । र, छेकिन । छेकोस भने पनि कसरी ? घरमा गाई बाख्रा कस्ले पाल्दिने ? बारीभरी सुन जस्तै पहेलो पाकेको गहुँ कस्ले काटिदिने? हो यस्तै यस्तै थुप्रै प्रश्नले भरीएको गाउँ छ । बस्ती छ । समुदाय …….. छ । वसन्त ॠतुसंगै फैलिएको यो भाइरस बिश्व नै चिन्तितमा रहेको बेला हाम्रो गाउँघर भने रमनिय बाताबरणमै रमाइरहेको छ । गाउघरमा मानिस दिनचर्या भने अति ब्यस्त रहेको छ । मानिसहरु बिहानको झुल्के घाम र चराचुरुङ्गीको चिरबिरचिरबिर आवाजसंगै कोहि वनपाखामा स्याउला जान्छन् ।

कोहि खेतबारी कामका लागि निस्कन्छ्न । त को गाई बाख्रालाई घासपात गर्नेमा सरिक हुन्छन् । त कोहि खेतीपाती भित्र्याउनमा आतुर देखिन्छन् । अझ हाम्रो गाउँ त कृषि खेतीमा अग्रसर नै छ । गाउँमा अधिकांश मानिसहरु टमाटर, खुर्सानी, सेमी,बेडे खुर्सानी आदि बैमौसमी तरकारी खेती लागाउनमा ब्यस्त छन् ।


सबैलाइ जना मानिसहरु आ-आफ्नो काम भ्याई नभ्याइ छ । कतिपय मनिस घरको काम कसरी र कहिले सकिएला भन्नेमै अल्ली धेरै गम्भीर जस्तो पनि देखिन्छ । कतिसम्म भनौ खाना खाने समय समेत फुर्सद छैन् जस्तो पनि देखिन्छ । गाउँघरबाट पढ्न शहर गएका अधिकांश विद्यार्थी घरमा आएका छन् । गाउँ नै दशै र तिहार जस्तै रमझम जस्तो देखिन्छ ।

सबैको परिवार एकै ठाउँमा जम्मा भएका छन् । परिवारमा एक खालको खुशी छाएको छ। समय-समयमा एकअर्का कोरोना भाइरस बारेमा आफु कसरी बाच्ने र बचाउने भन्ने सन्दर्भमा छलफल गरेको पाइन्छ । र, विशेष गरेर यो प्रकोपबाट बच्नका लागि बाहिरको मान्छेलाई गाउँमा आउनेलाइ नियन्त्रण गर्नुपर्नेमा गम्भीर बन्दछन् ।

इन्डियाबाट आउने मानिसलाई रोक्न सके सकभर गाउँमा यो भाइरसले प्रबेश गर्ने छैन् । यो लकडाउनको समय गाउँघरका मानिसले कुनैपनि प्रकारको समस्या भोग्नु नपर्ने देखिन्छ । किनकि गाउँघरमा उत्पादनको दायरा ठिकै भएको पाइन्छ । त्यसले गर्दा पनि आर्थिक बाहेक अरुमा खासै प्रभाव नपर्ला । गाउँमा यो संक्रमन देखिने छैन र गाउँले स्वत बिजयी प्राप्त गर्नेछ ।

Facebook Comments