• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मुसीकोट वडा नम्बर १२ मा स्वास्थ्य सहायता केन्द्र





जिल्लाको मुसीकोट नगरपालिकाले बिश्वभरी माहामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड –१९)को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउन वडा नम्बर १२ को पुरिनचौरमा पनि स्वास्थ्य सहायता केन्द्र स्थापना गरेको छ ।

नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकी तथा केन्द्रहरु स्थापना गर्ने सरकारको लक्ष्य अनुसार वडा नम्बर १२ को पुरिनचौरमा पनि स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो ।

कोरोना भाइरसको (कोभिड –१९)को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिएको र त्यसको रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिने क्रममा नगरपालिकाले वडा नम्बर १२ मा स्वास्थ्य सहायता केन्द्र स्थापना गरि बाहिरबाट आएका र गाउँघरमै पनि ज्वरो आउने टाउको दुख्ने वा पखला लाग्ने अथवा फ्लुको लक्षण देखिएमा जो कसैलाई पनि स्वास्थ्य चेकजाँच गर्न थालेको बताइएको छ ।

स्वास्थ्य सहायता केन्द्र स्थापनाको पहिलो दिन वडा नम्बर १२ को पुरिनचौरमा १५ जनाको स्वास्थ्य चेकजाँच गरिएको र ति सबैको अबस्था सामान्य रहेको उक्त स्वास्थ्य सहायता केन्द्रकी अहेब यशोदा केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सहायता केन्द्र स्थापनाको पहिलो दिन वडा अध्यक्ष प्रेमबहादुर ओली लगायत वडा नम्बर १२ का सबै जनप्रतिनीधिहरु र वडा सचिबको समेत स्वास्थ्य चेकजाँच गरिएको छ ।

Facebook Comments