• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बापुर खानेपानीद्वारा ५१ हजार, बेलबासेद्वारा ५० हजार सहयोग





घोराही १८ स्थित अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडास्तरीय राहत कोषमा ५१ हजार सहयोग गरेको छ ।


समितिको आज बसेको बैठकले गरेको निर्णयअनुसार सो सहयोग गरेको हो । समितिका अध्यक्ष बिष्णुप्रसाद भट्टराइले वडा अध्यक्ष भरतमणि अर्याललाई ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।


त्यस्तै घोराही १८ अम्बापुर निवासी समाजसेवी ऋषिराज बेलबासेले ५० हजार सहयोग गर्नुभएको छ । त्यसैले गरी साविक वडा नम्बर ५ का पूर्वअध्यक्ष महेन्द्र खनालले २५ हजार सहयोग गर्नुभएको छ ।


विभिन्न टोल विकास संस्था, खानेपानी तथा वन समिति र व्यक्तिहरुबाट राहत कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

सो कोषबाट वडाभित्रका अति बिपन्न तथा लकडाउनका कारण छाकबास बन्द भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराइने छ ।
युगबोध समाचारदाता

Facebook Comments