• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद




प्रधानमन्त्री केपी शर्मा ओलीलेले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स गरी प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका काम बारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिनुभयो ।


प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले जननिर्वाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताउनुभयो ।

प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराउनुभयो । उहाँले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष बनाएर योगदान गर्न प्रदेश सरकारले अपील गरेको र सरकारले १० करोड रुपैंया जम्मा गरेको जानकारी दिनुभयो ।

त्यसैगरी स्थानीय नहलाई परिचालन गर्न महत्व दिएको र भिडियो कन्फ्रेन्स गरी एकअर्काको अनुभव आदानप्रदान गरेकोे उहांले बताउनुभयो । मुख्यमन्त्रीले एकीकृत सूचना प्रणाली तयार गरी प्रत्येक पालिकाको विवरण प्रदेशको नेटर्वकमा आउने व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

उहाँले प्रदेशमा आइसियु सहितको चार वटा कोरोना विशेष अस्पताल स्थापना गरी उपचारको आवश्यक प्रबन्ध गरेको, अहिले प्रदेशमा ३ सय ४२ वटा क्वारेन्टाइन रहेको र त्यहा २ हजार ३ सय ५६ जना बस्न मिल्ने अवस्था रहेको बताउनुभयो ।


अहिले खेती स्याहार्ने र लगाउने समय भएकाले सामाजिक दुरी कायम गरी उत्पादनको काममा नागरिकलाई लाग्नका प्रेरित गर्न उहाँले जोड दिनुभयो ।


अन्त्यमा सम्माननीय प्रधानमन्त्रीले तीनै तहका सरकारको एकीकृत प्रयासले कोरोना विरुद्धको लडाई जित्न सकिने भएकाले उत्साहका साथ काममा जुट्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

Facebook Comments