• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतमा लकडाउन बढ्दै, उल्लंघन पनि उत्तिकै




भारतमा थप दुइ हप्ता लकडाउन बढाउने तयारी शुरु भएको छ ।


जसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग परामर्श शुरु गर्नुभएको छ । आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग उहाँले परामर्श गर्नुभएको छ ।

सो क्रममा आफूले लकडाउन बढाउने प्रधानमन्त्रीको प्रस्ताव सही भएको बताएको केजरीवालले ट्वीटरमार्फत जानकारी गराउनुभएको छ ।


भारतमा मार्च २४ बाट शुरु भएको २१ दिने लकडाउन तीन दिनपछि अर्थात अप्रिल १४ मा सकिदैछ । यसमा थप दुइ साता बढाएर अप्रिल ३० सम्म लकडाउन गर्न भारतका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाइ सmुझाव दिएका छन् ।


भारतमा अप्रिल ३० अर्थात बैशाख १८ गतेसम्म लकडाउन भयो भने नेपालमा पनि लकडाउन बढाउन दबाब बढ्नेछ । नेपाल सरकारले अहिले बैशाख ३ गतेसम्म तेस्रोपटकका लागि लकडाउन गरिसकेको छ ।

भारतको उत्तरप्रदेशमा लडकडाउन उल्लंघन गरी किनमेलमा निस्केका स्थानीय । तस्विरः बिबिसी हिन्दी


नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा लकडाउनको ब्यापक उल्लंघन भएको बिबिसी हिन्दीले जनाएको छ । हरेक दिन दिउँसो उल्लंघन किनमेलको नाममा लकडाउन उल्लंघन बढेको देखिएको छ ।


महाराष्ट्र सबैभन्दा बढी प्रभावित, नेपालीहरुलाई खतरा
भारतमा अहिलेसम्म २३९ जनाको मृत्यु भएको छ भने ७ हजार बढीमा संक्रमण देखिएको छ । आज मात्रै एक हजार ३५ जना संक्रमित भेटिएका छन् ।


भारतको महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ नेपालीहरु पनि ठूलो संख्यामा रहेका छन् । अहिलेसम्म महाराष्ट्रमा एक हजार तीन सय ६४ जनामा संक्रमण देखिएको छ, जसमा ९७ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा एकै परिवारमा ८ जना नेपालीसमेत संक्रमित भएका छन् । त्यस्तै तमिलनाडुमा ८३४ संक्रमित रहेकोमा ८ जनाको मृत्यु भएको छ भने दिल्लीमा ७२० जना संक्रमित रहेकोमा १२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


नेपालको सीमासँग जोडिएको उत्तरप्रदेशमा ४१० जना विरामी छन् भने ४ जनाको मृत्यु भइसकेको छ । नेपालसँग सिमा जोडिएको अर्को प्रदेश बिहारमा ३९ जनामा संक्रमण देखिएमा एक जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा ३५ जनामा संक्रमण देखिएको छ । नेपालसँग सिमा जोडिएको अर्को प्रदेश पश्चिम बंगालमा ११६ जना संक्रमित देखिएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।


धरमराउँदै अर्थतन्त्र
कोरोनाभाइरस सङ्क्रमणका कारण आर्थिक गतिविधिमा लगाइएका बन्देजका कारण विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन् । विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालतपनि चिन्ताजनक बनेको छ । त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति निमिट्यान्न हुनसक्ने चेतावनी दिएका छन् ।

Facebook Comments