• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रेडक्रसद्वारा अग्नीपीडितलाई राहत बितरण





नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पाले अग्नीपीडित इन्द्रबहादुर घर्तीको परिवारलाई राहत बितरण गरेको छ ।

सोसाइटीले शुक्रबार एक कार्यक्रम गरि अग्नीपिडित इन्द्रबहादुर घर्तीको परिवारलाई राहत स्वरुप गैरखाद्य सामाग्री बितरण गरेको छ । रुन्टीगढी गाउँपालिका वडा न ३ जवाङ निबासीका अग्नीपीडित इद्रबहादुर घर्तीको परिवारलाई त्रिपाल,डोरी,देक्ची,डाडु पन्यु,कचौडा,थाली,लत्ताकपडा,लगयतका गैरखद्य सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पा सभापति लछिरामा थापाले बताएका छन् ।

१५ जनाको संख्यामा रहेका पीडित इन्द्रबहादुर घर्ती परिवारलाई वडा कार्यालयको सिफारिसमा राहत सामाग्री सहयोग गराएको तथा सम्पुर्ण राहत सामाग्रीहरुका साथमा रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढाले पनि पीडित परिवारलाई २५ के.जी. चामल समेत राहत स्वरुप उपलव्ध गराएको थापाले बताएका थिए ।


राहत बितरणमा रेडक्रस शाखा कार्यालय होलेरीका सभापती लक्षिराम थापा, रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक मेघनाथ चापागाँइ,रेडक्रस रोल्पा शाखा कार्यालय होलेरी का सचिव श्याममणी वि.क. लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments