• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः हो म रुन्छु




मलाई रुन्चे भन्छेऊ नि तिमी,
हो म रुन्छु
यस धर्तीमा पाइला टेक्दा पनि
म रोएकी थिएँ,
मेरी आमा रोएको थिइन्, मेरा बा रोएका थिए
म रोएकी थिएँ,
सानोमा आमाको दुध खान मन लागेको बेला
म रोएकी थिएँ,
बिस्तारै अलिक ठूलो भएपछि स्कुल जादिन भन्दै
म रोएकी थिएँ,
बालापनमा त सानो सानो कुरामा जिद्दि गर्दै
म रोएकी थिएँ,
मलाई रुन्चे भन्छेऊ नि तिमी,
हो म रुन्छु।

सानो हुँदा ठुलो हुन पाउ भन्दै रोएको
ठुलो भए, फेरि त्यही सानो मान्छे हुन पाउ भन्दै रोए
जब तिमीले मबाट टाढा जाने कुरा गरेको थियौ,
हो म रोएकी थिएँ,
जब तिमीलाई अलिकति ठेस लागेको थियो,
हो म रोएकी थिएँ,
जब तिमी मसँग बसेर आफ्ना समस्या भनेको थियौ,
हो म रोएकी थिएँ,
आफ्ना गरेका गल्तीहरु सुधार्न नसक्दा
हो म रोएकी थिएँ।
मलाई रुन्चे भन्छेऊ नि तिमी,
हो म रुन्छु,
जब तिम्रा ति यादले मलाई भतभती पोल्छ,
हो म रुन्छु,
जब तिमीलाई गुमेको झलक्क सम्झन्छु,
हो म रुन्छु,
जब म तिमीलाई सपनीमा अरुसँग देख्छु,
हो म रुन्छु,

जब तिमीलाई रोएको देख्छु,
हो म रुन्छु,
पहिले आमाले सुनें हुन्थ्यो भन्दै म चिच्याई चिच्याई रुन्थे,
र अहिले आमाले सुन्छिन् कि भन्दै मुख थुनेर रातमा एक्लै रुन्छु,
मलाई रुन्चे भन्छेउ नि तिमी
हो म रुन्छु
हो म रुन्छु।।

Facebook Comments