• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः कोरोना कहरमा नयाँ बर्षको शुभकामना





नयाँ बर्ष तिमी नयाँ नौलो कोशली
मेलमिलाप सुख शान्ति बोकेर आउनु
जताततै जुठो भ्रमको खेती फस्टाउदै छ
भ्रष्ट, भ्रम र झुठ रोक्न क्रान्ति बोकेर आउनु

संक्रमण, मृत्यु कोरोना कहर हटाउनलाई
नयाँ नयाँ उमङ्गका साथ रहर बोकेर आउनु
देश अहिले दुख र सन्त्रासमै डुबेको छ
देशमा सुख शान्ति र समृद्धिको लहर बोकेर आउनु ।

हत्या, हिंसा, बलात्कार दिनानु दिन बढदैछन्
सबैखाले अपाराधीलाई दिने सजाय बोकेर आउनु
सबैमा ठूलो दम्भ मात्र छ, देशले निकास पाको छैन
देशको विकास र निकासप्रेमी बिजय बोकेर ल्याउनु ।

गाउँ शहर सबै जताततै धुलैधुलो र हिल्लामे छन्
बिकास निर्माणसहित समृद्ध शहर बोकेर आउनु
मान्छेका सोचहरु निरासा उदेकलाग्दो देखिदैछ्न
जोश, जागर, उत्साह, उमङ्गको रहर बोकेर आउनु ।
देशद्रोही राजनीतिको खेतीपाती मौलाउदैछ
देशको रक्षा गर्ने देशप्रेमी भावना बोकेर आउनु
आफ्ना दाजु भाईमै झगडा र लडाइँ चलिराछ
मेलमिलाप आत्मीयता पैदा गर्ने मिलन बोकेर आउनु ।


तौलिहवा कपिलवस्तु

                                      
Facebook Comments