• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायको अनलाइन बैठक




विश्वब्यापी रूपमा फैलिएको महामारीबाट देशबासीलाई जोगाउँदै कोरोना विरुद्ध मानव जातिको यो विश्वयुद्धमा ऐक्यबद्धता जाहेर गर्ने उद्देश्यले नेपाल सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको लकडाउन जारी छ ।


विद्यमान संकटका बीच प्रविधिको सदुपयोग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग संकायको आज(शुक्रबार) समसामयिक विषयमा केन्द्रित रही प्रथम ऐतिहासिक अनलाइन बैठक सम्पन्न भएको छ ।


हाल गृहनगर दाङमा रहनुभएका संकायका डीन सह-प्रा.ई. अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले सरकारद्वारा घोषित लकडाउनलाई समर्थन गर्दै आ- आफ्नो ठाउँबाट दैनिक प्रशासनिक कामकाजसँगै सोसल मिडिया लगायत विभिन्न माध्यमबाट महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने गरी जनचेतना विस्तार गर्ने, अनुसन्धानमूलक लेख,रचना प्रकाशित गर्ने, राज्यले माग गरेका बखत उपलब्ध जनशक्तिको बुद्धि र बर्कतले भ्याएसम्म स्वयंसेवा प्रदान गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।


यसैगरी वैठकले मातहतका सबै संयन्त्रहरुलाई सक्रिय तुल्याई सम्भव भएसम्म अनलाइन मार्फत भएपनि कक्षा संचालन गर्ने लगायत परिभाषित शैक्षिक प्रशासनिक जिम्मेवारीहरु जो जहाँ छ त्यहींबाट पूरा गर्न, गराउन निर्देश गरेको छ ।


बैठकलाई सम्बोधन गर्दै डीन घिमिरेले महामारी विरुद्धको महाअभियानमा जुध्नुपर्ने र यसकै बीचबाट कार्यालयीय कामकाज पनि धान्नुपर्ने हाम्रो काँधको ऐतिहासिक जिम्मेवारी एकैसाथ पूरा गर्न हामी तयार रहनुपर्ने बताउनुभयो ।


बैठकमा सहायक डीन वीरेन्द्र खड्का(काठमाडौं), निर्देशकत्रय देवेन्द्रकुमार लाभ कर्ण (हेटौंडा), सागर श्रेष्ठ(काठमाडौं), शरद आचार्य (काठमाडौं) , अधिकृत शेरबहादुर केसी (वीरेन्द्रनगर, सुर्खेत) बाट र प्रस्ताव लेखन विज्ञ नरेन्द्र देवकोटा (काठमाडौं) र ले सहभागिता जनाउनुभएको थियो ।


Facebook Comments