• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बर्षभरि एक दिन विदा नलिएर पढाउने एक शिक्षिका





सरकारी कर्मचारीहरुलाई सधै एउटा आरोप लाग्ने गर्छ -” सरकारी काम कहिले जाला घाम” । एक त कार्यालयमा नआउने, आए पनि घाम तापेर बिताउने, घाम कति खेर बित्ला र घर जाम्ला भन्ने पिरलो । त्यति मात्र कहाँ होर? कति कर्मचारीहरु आफ्नो पाएक पर्ने ठाउमा नपरेको भन्दै गुनासो गर्छन, कतिपय कर्मचारीहरु लामो बिदामा बसेर ब्यक्तिगत काम गर्छन , कति कर्मचारी त बिदा मिलाएर अध्ययन गर्न शहर पस्छन ।

एक आर्थिक वर्षमा कोहि न कोहि कर्मचारी एक हप्ता भन्दा बढी बिदामै बसेको हुन्छ । यस्तै आरोप खेप्नेहरुमा शिक्षकहरु पनि पर्छन । निजामती कर्मचारी जस्तै शिक्षक पनि बिदामा नबस्ने कुरै भएन । तर रुकुममा पनि एक शिक्षिका हुनुहुन्छ जसले वर्षभरी एक दिन पनि बिदामा नबसी निरन्तर पठनपाठनमा सक्रियता देखाएर नया रेकर्ड राख्नुभएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित जनबिकास माबी ज्यामिरकोट टाकुरामा अध्यापनरत शिक्षिका बिन्दु शाह मल्ल वर्षभरी नै बिद्यालयमा उपस्थित भइ निरन्तर काममा खटिने शिक्षिकामा पर्नुभएकाे छ । सोही वडाकि बासिन्दा समेत शाह विभिन्न बहाना बनाएर घर बस्ने र बिदा पाउने अधिकार ठान्नेहरुका लागि उहाँ गतिलो उदाहरण बन्नुभएकाे छ ।

गत सालको बिद्यालयको भर्ना अभियानसङगै बिद्यालयमा हाजिर हुनुभएकि शिक्षिका शाह शैक्षिक सत्र समापनसम्म निरन्तर खटिने शिक्षिका बन्नु भएको छ । मिलनसार र कर्तव्यनिष्ठ शिक्षिका शाहले आफ्नो कामलाई नै प्रमुख जिम्मेवारी ठानेर नै अधिकतम पठनपाठनमा सहभागी भएको बताउनुभयो । तर बिद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारीहरुले भने कुनै न कुनै दिन बिदा लिएको पाईएकाे छ । वर्षभरी नै निरन्तर बिद्यालयको काममा खट्ने शिक्षिका शाहलाई बिब्यस अध्यक्ष हरिप्रसाद शर्मा र प्रधानाध्यापक दिपक सङगम थापाले धन्यवाद दिनुभयो ।

त्यस्तै आठबिसकोट नगरपालिकाका बिद्यालय निरीक्षक ईन्द्र बहादुर बिष्टले शिक्षिका शाहको कामप्रति खुसी हुदै यस्तै ईमान्दार शिक्षकहरुले गर्दा नै शैक्षिक सुधार हुने बिश्वास लिएको बताउनुभयो । नगरपालिकाका कार्यकारी निमित्त प्रशासकीय प्रमुख ध्रुव प्रसाद लम्सालले उहाँको उच्च मुल्यांकन गर्ने बताउनुभयो ।

यसरी वर्षभरी नै निरन्तर शिक्षण पेसामा सक्रिय हुने शिक्षिका शाहको काम बाट धेरै कर्मचारीहरुले पाठ लिनुपर्ने बिब्यस अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो ।

Facebook Comments