• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोग र भोकविरुद्ध एकैसाथ लडौं




भौतिक विकास साध्य नभई केवल उपभोगका साधन मात्र हुन् । साध्य त मानव जीवनको सुरक्षा हो । मानिसका लागि चाहिने विकास निर्माण ऊ सुरक्षित भएपछि मात्र प्राथमिक विषय बन्न जान्छ ।

यतिबेला मानव जातिका सामू चुनौती बनेर खडा भएको गत डिसेम्बरदेखि जारी विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्ध जनचेतना विस्तार,समयमै रोगको निदान र उपचार गरी पूर्णत: यसको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने अनपेक्षित जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

यो लडाईं जित्न नेपाल सरकारले मुलुकभर लकडाउन गरेको सन्दर्भमा एकातिर रोगको सम्भावित तीव्र फैलावट अपेक्षाकृत नियन्त्रण भएको छ भने अर्कोतिर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति नहुँदा जनजीवन पनि उत्तिकै कष्टकर बन्दै गएको छ । रोग नियन्त्रणमा जोड दिइरहँदा मान्छेहरु कतै भोकले ग्रसित त छैनन् त्यसतर्फ पनि सरोकारवालाले ध्यान दिन जरुरी छ ।

तसर्थ, नभई नहुने आधारभूत आवश्यकता परिपूर्ति गर्न यतिबेला सम्पूर्ण शक्ति केन्द्रित गरौं । ११ महिनासम्म कानमा तेल हालेर असारको मुखमा विकास बजेट खन्याइने हाम्रो परम्परालाई यसपाली क्रमभङ्ग गर्दै त्यसको सट्टा विद्यमान संकट निवारणका लागि अहिले नै तीन तहकै सरकारले यथेष्ट बजेट परिचालन गरौं ।


हुनत: अरु ठाउँमा पनि आ-आफ्नो सापेक्षतामा आपूर्तिलाई ब्यबस्थापन गरिएकै होला । तर दाङमा भने दैनिकजसो घर-घरमा गाडीद्वारा सुपथ मूल्यमै सहज आपूर्ति भैरहेको अनुकरणीय सन्देश कुराकानीको क्रममा आफन्तजनहरुबाट सुन्न पाइन्छ ।


वीरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकाले पनि कम्तीमा यो संकटको अवधिभर प्रदेश सरकार,स्थानीय सरकार, वाणिज्य संघ वा कसले हुन्छ राजनीतिक तहमा आवश्यक छलफल गरी आकाशिंदो महँगी तथा कालोबजारी नियन्त्रण गर्दै अत्यावश्यकीय वस्तुहरु घरदैलोमै सहज आपूर्ति गर्ने गरी सेवा उपलब्ध गराउन तत्काल पहलकदमी लिनुपर्ने देखिन्छ । यसले गर्दा लकडाउन खुकुलो पनि नहुने र नागरिकहरु पनि अभावमा पिल्सिनुपर्ने बाध्यता टर्नेछ ।

(केसी सुर्खेत वीरेन्द्रनगरमा बसोबास गर्नुहुन्छ)

Facebook Comments