• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा थप पाँच जनालाइ क्वारेन्टाइनमा राखियो




दाङको बंगलाचुली गाउँपालिकाले थप ५ जनालाई क्वारेनटाईनमा राखेको छ । विहिवार बंगलाचुली गाउँपालिकाको वडा नं।–४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा उनीहरुलाई राखेको हो । यो संगै बंगलाचुलीमा क्वारेन्टाईनमा बस्नेहरुको संख्या ७ जना भएको छ ।

बंगलाचुली गाउँपालिका वडा नं २ का ३ महिनाको शिसु सहित ३ जना र वडा नं ४ को दुईजनालाई क्वारेनटाईनमा राखीएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । उनिहरु मध्य दुई महिला र एक ३ महिनाको शिसु सहित ३ पुरुष रहेका छन् ।

उनिहरुमध्य एकजना भारतको दिल्ली बाट आएको र उनिहरु सबैजना एकैठाउँमा घोराही भरतपुरमा बसेको पाईएको हुँदा उनिहरु सबैलाई क्वारेनटाईनमा राखीएको हो । यि मध्य एकजान पुरुष भारतको अशोक विहार बाट चैत्र ९ गते घोराही आएको र बिहिबार बंगलाचुली गाउँपालिका वडा नं।२ स्थित घरमा आउँदै गर्दा उनिहरुलाई कोरोनाको जोखिम नहोस् भनि क्वारेन्टाईनमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।

Facebook Comments