• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउन प्रभावकारी बनाउन चुनवाङको पहलः टोलको निगरानी टोल समितिलाई






रुकुमपूर्वको भूमे गाउँपालिका ९ चुनवाङमा लकडाउन प्रभावकारी बनाउन टोल विकास समितिहरुलाई परिचालन गरिएको छ ।


वडामा रहेका १८ वडा टोल विकास समितिमार्फत हरेक टोलको निगरानी गर्ने ब्यवस्था मिलाइएको कार्यवाहक वडा अध्यक्ष नमिता पुनले जानकारी दिनुभयो । हरेक टोलको जानकारी टोल विकास समितिलाई हुने भएकाले उनीहरुलाई नै निगरानीका लागि खटाइएको उहाँले जानकारी दिनुभयो ।


टोलको भूमिका कति महत्वपूर्ण छ भन्ने एउटा घटना पनि उहाँले सुनाउनुभयो । केही दिनअघि एक जना भारतबाट आएका थिए । उनी सरकारी क्वारेन्टाइनमा बस्न नमानेपछि घरमै कतै ननिस्कन भनियो तर केही दिनमै रुकुमपश्चिममा रहेको ससुराली जान निस्केछन् । त्यसको जानकारी टोलले दिएपछि प्रहरीको सहयोगमा उनलाई नाकाबाटै फर्काएर घरमै राखियो, जो अहिले घरबाहिर निस्केका छैनन् ।


अहिले चुनवाङभरि होम क्वारेन्टाइनमा पाँच जना राखिएको छ । चुनवाङ प्रवेशको नाका स्वास्थ्यकर्मी, जनप्रतिनिििध र प्रहरीसहितको जाँच चौकी स्थापना गरिएको छ । जसमा स्वास्थ्यकर्मीले ज्वरो नाप्छन् भने प्रहरीले बाहिरभित्र गर्न नदिन रोक्ने गर्दछ । त्यस्तै जनप्रतिनिधिले भित्रबाहिर गर्न चाहनेलाई सम्झाइबुझाइ गर्ने गरेका छन् ।


त्यसो त चुनवाङमा बिदेशबाट आएका मात्र होइन, बिदेश गएकाहरुको तथ्यांक पनि संकलन गर्न थालिएको छ । त्यसको जिम्मा पनि टोललाई नै दिइएको छ ।

एउटा टोलले सूचि पनि बुझाइसकेको छ । ६८ घर रहेको सो टोलबाट ५८ जना बिदेश गएको पाइएको कार्यवाहक वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाबाट पारित भइ आएका २१ घर विपन्नलाई राहत वितरणको तयारी पनि यो वडाले थालेको छ ।


जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय शिक्षकको समेत सहभागितामा टोलटोलमा पुगेर माइकिङ र सचेतीकरण कार्यक्रम पनि गर्ने गरिएको छ । वडाका स्वास्थ्य निकायमा अन्य रोगको उपचार रोकिएको छैन । दैनिक १५ देखि २० जनासम्म मौसमी ज्वरो खोकीका विरामी आउने गरेको र आफूहरुले सहजै जाँच गर्ने गरेको चुनवाङका स्वास्थ्य चौकी प्रमुख चित्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

गाउँमा को के गर्छ मात्र होइन, कसलाई कुन सिजनमा कस्तो रोग लाग्छ भन्नेसमेत थाहा हुने भएकाले जाँच र उपचारमा डराउनु आवश्यक नभएको उहाँले बताउनुभयो ।
यद्यपि सावधानीका उपाय भने स्वास्थ्यकर्मीहरुले अपनाइरहेका छन् । पालिकाले दुइ सेट पिपिइ उपलब्ध गराएको छ भने सावुनपानी र स्यानिटाइजर पर्याप्त मात्रामा प्रयोग गरिएको छ ।

Facebook Comments