• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा लकडाउन प्रभावकारी बनाउने प्रयासः मान्छे समात्ने नयाँ काइदा




विभिन्न बहानामा लकडाउन उल्लंघन हुन थालेपछि घोराहीमा प्रहरीले अत्यावश्यकीय कामबाहेक हिडेकाहरुलाई ‘स्टिकी क्याच’बाट पक्राउ गर्न थालेको छ ।

वडा प्रहरी कार्यालय घोराही आफैले निर्माण गरेको स्टिकी क्याचको सहायताले समात्न थालिएको हो । आज मात्रै ८ जनालाई यो लट्ठीको सहायताले पक्राउ गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिनुभयो ।

उहाँले डिजाइन दिएर यो उपकरण ग्रील उद्योगमा बनाउन दिनुभएको थियो । त्यसमध्ये एउटा वडा र एउटा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अझ अरु पनि निर्माण गरेर लकडाउन प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयो ।

बाटोमा हिडिरहेकाहरु कोरोना भाइरसबाट संक्रमित पनि हुनसक्ने भएकाले सोझै समात्दा प्रहरीमा पनि संक्रमण हुने खतरा रहने भएकाले यो लट्ठीको सहायताबाट समात्दा सुरक्षित हुने विश्वास गरिएको छ । अनावश्यकरुपमा धेरै मान्छे सडकमा हिड्दा लकडाउन प्रभावकारी नहुने भएकाले यस्तो उपाय अपनाइएको प्रहरी निरीक्षक रिमालले जानकारी दिनुभयो ।
तस्विरः कुलदीप न्यौपाने

Facebook Comments