• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरबेटीलाई एक स्वास्थ्यकर्मीको मार्मिक पत्र !




आदरणीय घरबेटी बा नमस्कार

घरबेटी बा म अहिलेसम्म आराम छु । हजुर र हजुरको स परिवारको नि आराम सुस्वास्थ्य दिर्घायुको कामना गर्दछु । घरबेटी बा म हजुरलाई पत्र लेख्नै पर्ने जरुर नयाँ सामाचार त केही छैन तर बिश्व कोरोना संक्रमणको जोखिममा अत्तालिरहेको अबस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन बा, के गर्नु यो न हजुरले चाहेर भएको हो या हामि स्वास्थ्य कर्मीले नै तर म एउटा इमान्दार स्वास्थ्यकर्मी रोगिको सेवा गर्नै पर्छ यो मेरो पेसागत जिम्मेवारी र कर्तब्य पनि त हो नि होइन र ?

बा म स्वास्थ्य सस्थामा इमान्दार स्वास्थ्यकर्मी भयको सजाए स्वरुप हजुर जस्ता केही घरबेटीले म जस्तै स्वास्थ्यकर्मी घर बाट निकालिएको सामाचारले म पनि समालिन सकिन बा । त्यसैले म आम घरबेटी बा आमा हरुप्रती समर्पित भएर एउटा खुल्ला पत्र लेख्दै छु । घरबेटी बा म कुनै घरबाट नै निकालिनु पर्ने कुनै अपराधी पनित हैन नि ? मैले के हजारौ रोगिको सेवा गर्नु अपराध हो र बा ?

म मेरो धर्म भनेकै कुनै मन्दिरमा फुल चढाउनु दिप बाल्नु होइन सेवा गर्नु धर्म सोच्छु हजुरले नि सोचिदिनु न बा । घरबेटी बा हजुरले आफै कोठा भाडा दिदा नै भन्नू भएको थियो त डाक्टर साबलाई कोठा दिए कहिले बिमार हुँदा ओखतिको टन्टा लिनु पर्दैन भन्नू भएको होइन र?

बा अनि आज किन यति कठोर बन्ने कोसिस गर्नु भयको ? बा साच्चि मैलेनै होइन र घरबेटी बा आमा बिरामी हुँदा घरमै ओखती बोकेर खुवाको अनि म नै होइन दाइ बिरामी हुदा भाउजू सङ्ग दिन रात अस्पतालमा कुरुवा बसेको कसरी बिर्सन सक्नु हुन्छ? बा म नै होइन र हजुरले सधै लतको रुपमा दैनिक रक्सि र चुरोटको पिलाईले थलियको गलेको त्यो ज्यान सम्झाई बुझाई चेत खुलाएर लत त्यागेर बलवान भएर हिंड्न् सक्ने प्रेरणा दिएको अनि बा हरेक पर्व आउदा हजुरले नै होइन र ?

छोरी भन्दै मेरो खाली निधारमा रातो टीका लगाउदै यसरी इमान्दार भै रोगिको सेवा गर्नु भनेको अनि मेरो मा मिठाे मसिनो पाक्दा हजुरको र हजुरको मा मिठो मसिनो पाक्दा कचौरामा साटासाट गरिगरी खाको अनि म गाउँबाट आउँदा लिएको गुन्द्रुक हजुरलाई नासो सम्झेर मैले दिने र हजुरको घरमा बनेको मिठो परिकार मेरा लागि भाग थाती राखेको घरबेटी आमाले ती हिजोको अतीत कसरी भुल्न सक्नु होला र ?

अरुले उक्साए पनि अरुको लहलहिमा लाग्नु हुने छैन र चेत खुलाएर पनि हजुरले मेरो बाँस खोस्न सक्नु हुने छैन नै । बा यो बेला बिश्व कोरोनाको जोखिमले हजारौले ज्यान गुमाई सके केही अस्पतालको शैयामा तट्पिरहेका छ्न त केही आफन्तिको बियोगमा नुनिला आसु पिईरहेका छन । बा यो बेला आत्मसम्मान सहयोग आत्मबल दिएर मलाइ सेवा दिने उत्साह चाहियको छ यो बेला मलाई दिन रात डिउटि खटदा थाकेको शरिरलाई आराम दिने बाँस चाहिएको छ बा त्यसैले मलाई घरमा बस्नबाट बन्चिन नगरिदिनुस । अनि था छ कि छैन घरबेटी बा ?

नेपाल सरकारले घरमा भाडामा बस्नेलाई निकाला गर्नेलाई कारबाही गर्ने नियम बनाएको छ नि ? घरबेटी बा हिजो हामी एउटा घरको परिवार हजुर मेरो बा समान माया गर्ने मान्छे म हजुरको छोरी समान माया गर्ने छोरी हजुरलाई कारबाहीको हतकडि लगाउन कहाँ सक्छु र ? बरु बा हामी सबैले यो पापी रोगबाट छटकरा पाउनको लागि सामाजिक दुरि कायम गरौ म हजुर घर परिवार सङ्ग हात मिलाउने ढाेक्ने गर्दिन म टाढा बाट नमस्कार गरौला ।

नियमित साबुन पानीले हात धुने मास्क प्रयोग गर्ने र हामी बिचको एउटा खाना खाने भान्छाको दुरि टाढा राखौला यहि सहमती गरौ सुखदुख सामानाको लागि एक अर्कामा हातेमालो गरौ है घरबेटी बा । हजुर पनि सचेत भएर सरकार र स्वास्थ्य सङ्ग सरोकार राख्ने सरोकारवालाको आदेशको पालना गरि सुरक्षीत हुनुहोस अनि म पनि सके सम्म सुरक्षित रहेर विभिन्न रोग तथा कोरोना पापी रोगबाट सके सम्म सवैलाई बचाउन र बच्नको लागि सरकारले खाटाएको जिम्मेवारी पूरा गर्ने छु महामारी कोरोनाको कालबाट बच्यौ भने हिजो जस्तै खुसी सातौला एउटा भान्सामा खाना खाउला र फुर्सदमा भलाकुसारी गर्ने नै छौ यति भन्दै मेरो आग्रहलाई आम घरबेटीले भाडामा बस्ने आम स्वास्थ्यकर्मीलाई हतोत्साहित बनाउने अमानवीय व्यबहार गर्नु हुने छैन भन्ने आसा र बिश्वासका साथ यो पत्र यहि अन्त्य गर्दछु ।

तपाईको घर बस्ने स्वास्थ्यकर्मी
रामकुमारी खडका
, आयुर्वेद स्वास्थ्य सहायक

                             
Facebook Comments