• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवनिकट युवा संघले दियो निशुल्क सावुन र मास्क




विप्लव निकट नेकपाकाे भातृ संगठन युवा संघ नेपाल रुकुम पश्चिमले जिल्लाकाे दुई स्थानीय तहमा माक्स र साबुन वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको नाेवेल काेराेना भाईरस ( काेभिट १९ ) बाट बच्न माक्स र साबुनको प्रयाेग बढी मात्रामा गर्नुपर्ने र बजारमा नपाइने समस्या भएकोले युवा संघले माक्स र साबुन वितरण गरेको हाे । जिल्लाको अाठबिसकाेट नगरपालिकाकाे वडा न . १० काे काफलचाैर टाेल र चाैरजहारी नगरपालिकाकाे वडा न. ६ काे घर्तिकाँडामा साबुन र माक्स वितरण गरेको युवा संघका जिल्ला अध्यक्ष डिल्लीराज शर्माले बताउनुभयो ।

उहाँका अनुसार दुईवटा नगरपालिकामा ३ सय ५० माक्स र ३ सय ५० साबुन वितरण गरिएको छ । हामी हाम्रो साेतसाधने भ्याएसम्म नगरपालिकाकाे सबै वडामा वितरण गर्छौ जिल्ला अध्यक्ष शर्माले भने तर सुरक्षाको हिसाबले हामी जुन टाेल सुरक्षित हुन्छौं उक्त टाेलमा मात्र वितरण गर्छौ ।

उहाँले भन्नुभयो हाम्रो पार्टीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ भेटेपछि पक्राउ गरिहाल्छ त्यसकारण सुरक्षित टाेल छनाेट गरेर माक्स साबुन वितरण गर्छौं , अहिले नै यहाँ वितरण गर्छौ भनेर भन्न मिल्दैन । युवा संघले विस्तारै जिल्लाकाे सबै स्थानीय तहमा साबुन र माक्स वितरण गर्ने र काेराेनाबाट बच्ने उपाय पनि सिकाउने बताएको छ ।

Facebook Comments